डढेलो नियन्त्रण सम्बन्धी वृहत् आमसभा सम्पन्न
–दल बहादुर गुरुङ
पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा डढेलो नियन्त्रण सम्बन्धी वृहत् आमसभा बुधवार सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले वन,वातावरण र जैविक विविधता संरक्षणका लागि वनलाई डढेलोबाट जोगाउनु पर्नेमा जोड दिदैं आफ्ना सामुदायिक वन र राष्ट्रिय वनलाई डढेलोबाट जोगाउने उपभोक्ताहरुलाई पुरस्कृत गर्नुपर्ने बताए । साथै उनले वन डढेलो नियन्त्रण सम्बन्धी यस्तो आमसभाले वनलाई जोगाउनु पर्छ भन्ने सन्देश प्रवाह गएको बताए ।
सभाका विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरले तिनाउ गाउँपालिकामा रहेका सबै वनहरुलाई डढेलो मुक्त वन बनाउन सकिएमा नमूना गाउँपालिका बनाउन सकिने बताए । सोही सभाका अर्का विशिष्ट अतिथि अन्र्टाकटिकामा पुग्ने पहिलो नेपाली एवम सामुदायिक वन समन्वय समितिका संरक्षणदूत भुवनसिंह विश्वकर्माले वन,वातावरण संरक्षणको अभियानमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिदैं डढेलो नियन्त्रण गर्न नसकिएमा भयावह स्थिति आउन सक्ने बताए ।
सोही अवसरमा नेकपा एमालेका अरविन्द पाण्डेय,माओबादी केन्द्र नारायण थापा,राजमोका दुर्गा थापा,राप्रपाका लक्ष्मी प्रसाद वस्याल,महेन्द्र पाण्डेय,वडा नं.३ का वडाध्यक्ष प्रेम प्रसाद पाण्डेय,रुपन्देही पत्रकार महासंघका सभापति यानेन्द्र जीसीले डढेलो नियन्त्रण सम्बन्धी आआफ्ना विचार प्रस्तुत गरेका थिए । सभामा स्थानीय वन उपभोक्ता समूहका कलाकारहरुले डढेलो नियन्त्रण सम्बन्धी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा वन डढेलो नियन्त्रणका लागि सहयोग गर्ने वन उपभोक्ता समूहहरु,क्लवहरु र आमा समूहहरुलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
सामुदायिक वन समन्वय समितिको संयोजन,झुम्सा ईलाका वन कार्यालयको व्यवस्थापन र जिल्ला वन कार्यालय,पाल्पा र तिनाउ गाउँपालिकाको आयोजनामा आमसभा सम्पन्न भएको हो । सभाको अध्यक्षता समन्वय समितिका अध्यक्ष अमरसिंह प्रधान,सञ्चालन वरिष्ठ उपाध्यक्ष दल बहादुर गुरुङ,स्वागत जिल्ला वन अधिकृत दधिलाल कंडेल र धन्यवाद् पदमलाल शाक्यले दिएका थिए ।
- admin
- २०७४ चैत्र ७, बुधबार १६:२८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया