गुल्मी, १ साउन ।
गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर एक महिना धार्मिक मेला लाग्ने गर्दछ । साउन महिना भर सञ्चालन हुने उक्त मेला अवधिभर टाढाटाढाबाट दैनिक सयौं भक्तजनहरु आउने परम्परा रहेको छ ।
साउन महिनाभर रेसुङ्गा पोखरीमा स्नान र पुजाआजाका लागि विभिन्न क्षेत्रबाट श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । साउने संङ्क्रान्तिको अवशरमा आज बिहानैदेखि यस क्षेत्रमा श्रद्धालुहरुको घुँईचो लागि सकेको छ । रेसुङ्गा क्षेत्रमा रहेको माहापोखरीको पानीले स्नान गरेपछि श्रद्धालुहरुलाई चारधाम जान नपर्ने र आफुले अञ्जानमा गरेका संम्पुर्ण पापहरु समेत पखालिएर नष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
साउन महिनाभर रेसुङ्गा पोखरीमा नुहाउने र महापोखरी नजिकै रहेको यज्ञशालामा पुगेर पुजाआजा गर्ने प्रचलन छ । यस क्षेत्रमा गुल्मी लगायत बाग्लुङ्, अर्घाखाँची, प्यूठान, पाल्पा, स्याङ्जा लगायत भारतको अयोध्यासम्मबाट साधुसन्त र भक्तजनहरु आउने गर्दछन् ।
धार्मिक स्थल रेसुङ्गाको माहापोखरीमा धार्मिक मेला लागेका कारण पनि त्यस क्षेत्रमा जाने श्रद्धालुहरुको चाँप वर्सेनि बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताएका छन् । साउने संङ्क्रान्तिको अवसरमा क्षेत्रसँगै रुद्रवेणी र कालीगण्डकी नदीमा स्नान तथा पुजापाठका लागि बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ ।
रेसुङ्गा संरक्षण समितिले त्यस क्षेत्रमा यज्ञशाला मन्दिर परिसरमा साउन अवधिभर पुराण वाचन, पाठ पारायण, भजन किर्तन, होम, रुद्री, आदि विशेष धार्मिक कार्यक्रमहरु समेत आयोजना गरेको छ । साउने संङ्क्रान्लिाई गुल्मीमा विशेष महत्वको रुपमा मनाउने गरिन्छ ।
- Manish Pantha
- २०८२ श्रावण ३, शुक्रबार १०:४१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया