कमला ितवारी
१५ पुस २०७९, शुक्रबार
हिमाली पर्यटनको मुख्य गन्तव्य सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुका व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न काठमाडौंलगायतका क्षेत्रमा जान थालेका छन् । पर्यटकीय सिजनमा व्यस्त हुने होटल पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीय दामु शेर्पाले बताउनुभयो ।
अधिकांश व्यवसायी तथा स्थानीयहरु बाहिरिएसँगै खुम्बुक्षेत्र सुनसान बनेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिनुभयो । पर्यटकीय सिजन चलिरहँदा पर्यटकले खचाखच भरिएको खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साईट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका हुन् । जाडो सुरु भएसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङला, एवम् थामेलगायतका बासिन्दा जाडो छल्न बाहिर गइसकेका छन् ।
सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँहरुमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायीहरु घरेलु कामदारलाई होटल छाडेर गएका छन् । केही होटल पसल खुल्ला भए पनि व्यवसायीहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।
सिजनको बेला दैनिक एक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक ५/६ ओटा मात्रै उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो ।
खुम्बुका व्यवसायीहरु पर्यटन सिजन पनि नभएको र चिसो धेरै भएपछि स्वदेश तथा विदेशमा जाने गर्दछन् । कतिपय भारतको बोधगयालगायत नेपालका विभिन्न बौद्ध धर्मस्थलहरुमा तीर्थयात्रामा जाने गर्दछन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र हिउँ पर्ने भएकाले जाडो छल्न बाहिर जानु परेको हो ।
भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा यस भेगमा एक छिन पनि बस्न नसकिने र वर्षमा छ महिना मात्र यस भेगमा बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय सिजनमा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।
- Manish Pantha
- २०७९ पुष १५, शुक्रबार १५:२२
२०७९ माघ २, सोमबार १२:१८
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया