तिनाउमा होली मिलन र ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
admin
२०७४ फाल्गुन १८, शुक्रबार ०३:०८
विहिवार होलीको अवसर पारेर होली मिलन तथा ट्राफिक सचेतना कार्यक्रम तिनाउ गाउँपालिकाको दोभानमा सम्पन्न भएको छ । टिप्पर ब्यवसायीहरुद्वारा आयोजित सो कार्यक्रममा तिनाउ गाउँपालिकामा सञ्चालित १३ वटा कम्पनीका १२० बढी टिप्परका सञ्चालकहरु,ट्राफिक प्रहरीहरु,चालक,सहचालकहरु,टायर कम्पनी,लुब्रिकेन्टस कम्पनी,लगानी कर्ता बैंकहरुका प्रतिनिधिहरुको सार्थक सहभागिता रहेको थियो ।
होलीको अवसर पारेर गरिएको सो कार्यक्रममा पश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक माधव प्रसाद बुढाथोकीले टिप्पर देखेर तर्सिने डर लाग्दो अवस्थालाई तुरुन्तै रोक्नु पर्ने बताए । उनले चालकहरुलाई ट्रफिक नियम कडाका साथ पालना गर्न र यात्रुहरुले नि सडकको प्रयोग गर्दा ध्यान दिनु पर्ने बताए । त्यसो हुन सकेमा सडक दुर्घटना घट्ने छ । उनले दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीहरुको मात्र दायित्व नभई यस कार्यमा सबै पक्षहरुको समेत उत्तिकै ध्यान पुग्नु पर्ने बताए ।
तमन्ना,एआरएम,सत्यवती र एसके ट्रान्सपोर्ट कम्पनीद्वारा आयोजित सो कार्यक्रममा तमन्ना मल्टिपर्पोजका कार्यकारी अधिकृत तोया लम्सालले तिनाउ गाउँपालिकामा ४ वटा खानी रहेको,करिव १३ वटा कम्पनीहरु दर्ता रहेर सञ्चालनमा रहेको,चालक र सहचालक गरी ३०० जना स्थानीयहरुले रोजगारी प्राप्त गर्न सकेको र खानीमा करिव एक सय जनाले प्रत्यक्ष रोजगार पाएका छन् । उनले अझ् थप्दै भने –एक हजार पाँच सय बढी आश्रित परिवार छन् । जसलाई यही ब्यवसायबाट पालन हुन सकेको छ । खानी क्षेत्रमा होटल,पसलहरु यही ब्यवासयका कारण चलेका छन् । गाउँमा विकास क्षेत्रमा लगानी भएका छन् । शैक्षिक,कृषि क्षेत्र,बाटोघाटो,आमा समूहरुलाई सहयोग पुगेको छ । स्थानीयहरुको टिप्पर खरिदका लागि मात्र करिव ६० करोड लगानी भएको,स्थानीय युवाहरु सञ्चालक बन्ने अवसर प्राप्त गरेको,बैदेशिक रोजगारलाई घटाएको भएता पनि यो ब्यवसायप्रति सबैको सकारात्मक दृष्टिकोण हुन नसकेको बताए । यस ब्यवसायलाई मर्यादित बनाउन सकेमा थप लगानी बढ्न सक्ने उनको तर्क छ ।
कार्यक्रममा गण्डकी अटो ट्रडिङ्ग सेन्टरका सचिन शर्मा,लुब्रिकेन्टसका विकास पराजुली,टायरका शिाल चौधरीले आआफ्ना कम्पनीहरुले दिने सेवासुविधाका बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा पत्रकारहरु दल बहादुर गुरुङ,स्वस्तिक श्रेष्ठ लगायतले बोलको थिए । साथमा राष्ट्रि लोक गायिका शिलु भट्टराई र कुलचन्द्र पुरीको बेजोड प्रस्तुति रहेको थियो ।
प्रतिक्रिया