साहित्य सिर्जनमा तल्लीन साहित्यिक ब्यक्तित्व दल बहादुर गुरुङ दुईदर्जन वर्षदेखि साहित्य कर्ममा छन् । पाल्पा दोभान घर भएका उनी साहित्यिक कर्ममा चर्चित छन् । नसोध मलाई गीति नाटक,आस्थाका श्वरहरु चटनी संग्रह,चिठ्ठी साहिंलीलाई पत्र साहित्य,हात्ती करायो बालगीत,नौं फन्का लामो पर्यटन कविता गरी आधा दर्जन रचना प्रकाशित भइ सकेका दल बहादुर गुरुङले बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान,साहित्य संगम,बुटवल,सिद्धार्थ साहित्य परिषद,खाती प्रतिष्ठान,नूरगंगा युवा पुरस्कार,जेसीज युवा सम्मान,छविलाल स्मृति पुरस्कार समेत प्राप्त गरिसकेका छन् । वृत्तचित्र निर्माण र लेखनमा नाम कमाइ सकेका उनी पछिल्लो समय यात्रा संस्मरण र फिचर लेखनमा ब्यस्त छन् । दल बहादुरका सयौं अप्रकाशित कविताहरु छन् । उनलाई यसैवर्ष दल बहादुरका दर्जन कविता कार्यक्रममा कविता वाचन गर्ने हुटहुटी जागेको छ । उनको कविता सरल र सहज छन् । सामाजिक जीवनका विषयवस्तुमा उनका कविताहरु रचिएका छन् । कविता लेख्नु उनको एउटा पाटो हो । वाचनमा खुवी छ । दल बहादुरका कविता सुन्दा झनै मज्जा आउँछ । साहित्यकार दिल साहनीले कुनै दिन भनेका थिए–कविता भन्नू त दल बहादुरले जस्तै । जनगायक जीवन शर्माले उनको कविता वाचन शैली सुनेर राजधानी बाहिर पनि यस्ता कवि रहेछन्,चिन्न गाहे भो भनेका थिए । कविवर अजम्वरध्वज खातीले दल बहादुरको कवितामा मिठास छ भनेका छन् । युवाकवि गिरि श्रीस मगरले भनेका थिए–दल बहादुरको कविता मेरी आमाले नि बुझ्छिन् । निकट भविष्यमै उनका दर्जन कविता सुन्न पाइने छ । दल बहादुर आफ्नो कवितामा कसी लगाउँदैछन् । श्रवण गर्ने धैर्यता नगुमाउनु होला ।
- admin
- २०७४ फाल्गुन ११, शुक्रबार २०:२२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया