यसरी मारिए गुन्डा नाइके मनोज पुन
फरार सूचीमा रहेका मनोज पुन प्रहरी मुठभेडमा मारिएका छन् । रुपन्देही देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग भएको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले घाइते भएका थिए ।
घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पुन
रुपन्देहीमा रहेको केन्द्रीय अनुसन्धान व्यूरोबाट आएको सूचनाका आधारमा प्रहरीले खोजतलास तीव्र बनाएको थियो । पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा पुन सहित आले घाइते भएका थिए, उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
पुन विगत ३ वर्षदेखि मोष्ट वान्टेड दिए । गत वर्ष उनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए । गत असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि उनको शंलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए । व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएका थिए । आतंककमा पर्याय बन्दै आएका पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो ।
- admin
- २०७४ फाल्गुन ९, बुधबार ०४:२१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया