फुटसल प्रतियाेगीता २०१८ बारे बुटवल जेसीज परिवार यसाे भन्छ ।
बुटवल । जेसिज अभियान १८ देखि ४० वर्षका युवाहरुलाई नेतृत्वदायी भूमिकामा विकास गराउने एउटा विश्वव्यापी सञ्जाल हो । यही विश्वव्यापी सञ्जालको एक अशं हो–बुटवल जेसीज । जसको स्थापना सन् १९७४ मा भएको हो । बुटवल जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी जेसीजले व्यक्तिगत, व्यवसायिक, सामुदायीक र अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुलाइ नेतृत्वदायी भूमिकामा सक्रिय बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु केन्द्रित गर्ने गर्दछ ।
नेपाल जेसीजको सक्रिय सदस्य शाखाको रूपमा स्थापित भै सकेको बुटवल जेसीजले सुगममा मात्र होईन दुरदराजमा पनि यसका गतिविधिलाई सञ्चालन गर्नुपर्दछ भन्ने सोचका साथ १८ देखि ४० वर्षसम्मका युवाहरूलाई यकत्रित गर्न सधै लागिपरेको छ । परिणामत बुटवल जेसीजले सन १९८८ मा बाग्लुङ जेसीजको स्थापना गरेको थियो । यसै गरी महिलाहरूलाइ पनि जेसीजको अभियानमा सक्रिय बनाई उनीहरूमा पनि नेतृत्व र व्यक्त्विको विकास गराउनुपर्दछ भन्ने मान्यताबाट अभिप्रेरित भएर सन १९९६ मा बुटवल महिला जेसीजको स्थापना गरेको थियो । यसै गरी वर्ष २००० मा नवलपरासीको रामग्राम जेसीज, वर्ष २००३ मा रूपन्देहीको भलवारी जेसीज, वर्ष २०१५ मा सैनामै ना र देवदह जेसीजको स्थापना गरी जेसीज अभियानलाई मुर्तरूप दिएको थियो । बुटवल जेसीजको ४४ वर्षको इतिहासमा यसले ४३ जना अध्यक्ष पाईसकेको छ ।
बुटवल जेसीज वर्ष–२०१८ को नेतृत्व जेसी यम प्रसाद तिवारीले सम्हाल्नु भएको छ । पेशाले सिद्धार्थ इन्स्योरेन्स बुटवल शाखाको शाखा प्रबन्धक तथा प्रदेश नम्वर पाँचको संयोजक रहनु भएका तिवारीले यो वर्ष जेसीज अभियानलाई अत्यन्त प्रभावकारी रुपमा अगाडी बढाउने बताउनु हुन्छ । बुटवल जेसीज सन् २०१८ ले अन्तरशाखा फुटसल प्रतियोगीता यहि फागुन ११ र १२ गते सम्पन्न गर्दै छ ।
- admin
- २०७४ फाल्गुन ८, मंगलवार १०:५४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया