प्रदेश न ५ का मुख्य मन्त्री शंकर पोख्रेल तथा मन्त्री हरु कुलप्रसाद केसी र बैजनाथ चौधरी द्वारा शपथ ग्रहण
उनले बुटवल स्थित सडक डिभिजन कार्यालयको प्राङ्गगढमा आयोजित एक समारोहमा प्रदेश प्रमुख उमाकान्त झाबाट शपथ ग्रहण गरेका हुन् । बिहिबार नै मुख्यमन्त्रीको सिफारिसमा ३ सदस्यीय सानो आकारको मन्त्रीमण्डल पनि गठन गरिएको छ ।
मन्त्रीमण्डलमा एमालेका प्रदेश सभा सदस्य बैजनाथ चौधरीले भौतिक पूर्वाधार विकास मन्त्री र माओवादी केन्द्रका कुलप्रसाद केसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । नवनियुक्त मन्त्रीहरु चौधरी र केसीले पनि सोही समारोहमा प्रदेश प्रमुख झाबाट नै समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
अन्य मन्त्रालयहरु भने मुख्यमन्त्री पोख्रेल मातहत नै रहेका छन् । उनले आर्थिक मामिला तथा योजना, उद्योग, पर्यटन, बन तथा वातावरण, भूमी व्यवस्थापन, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालय आफूसँगै राखेका छन् ।शपथ ग्रहण पश्चात् परिचयात्मक कार्यक्रम गरिएको थियो । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले बिहिबारदेखि नै आ–आफ्नो पदभार ग्रहण गरेको प्रदेश प्रमुख कार्यालयका सचिव शनतकुमार दवाडीले जानकारी दिए ।
- admin
- २०७४ फाल्गुन ३, बिहीबार १७:५८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया