विगत २९ वर्षदेखि जुत्ता सिलाउदै आएका प्रेमीको अचम्मको कथा
बारा वरियापुर–३ घर भई विगत २९ वर्षदेखि बुटवलमा बसेर जुत्ता सिलाएर जिविका चलाउदै आएका छन प्रेमी राम ।
बाराबाट काम खोज्दै बुटवल आएका उनले २०४५ सालदेखि बुटवलको ट्राफिक चोकमा बसेर जुत्ता सिलाउन थालेका हुन् । ६० वर्षिया राम दैनिक विहान सात बजे देखि साँझ आँखाले देखुञ्जेल जुत्ता सिलाउने र पालिस लगाएर टल्काउने गर्छन । यसबाट दैनिक १ हजार २ सय देखि २ हजार रूपैयाँसम्म कमाई गर्छन । यही कमाइबाट उनले घरपरिवार चलाएकाछन् । छोरा छोरीलाई बोर्डिङ स्कूलमा पढाएकाछन् । आफ्नै गाउँमा ५ वटा घडेरी समेत किनिसकेका छन् ।उनले भने, ‘काम सानो ठूलो हुँदैन । कामबाट म पूर्ण सन्तुष्ट छु । बाचुञ्जेल यहीँ पेशामा आवद्ध भइरहनेछु ।’
सानै उमेरमा विवाह गरेका प्रेमी बुटवल आउनु अघी बारामा बिडी बनाएर बेच्ने गर्थे । दिनभर बिडी बनाएर बेच्दा पनि दिनमा ५ बचाउन नसके पछि उनलाई परिवार चलाउन धौधौ भयो । अनि सानै देखि गर्न मनलागेको काम जुत्ता सिलाउने काममा लाग्ने निधो गरेर बुटवल आए ।।
उनी बुटवल चाँदबारीमा डेरामा बस्दै आएका छन् । एक जोर जुत्ता सिलाएको १ सय २० रुपैयाँसम्म लिने गर्छन । भने सामान्य मर्मत गरेको १० रुपैयाँ लिन्छन् ।
केही वर्ष अगाडि नगरपालिकाले करका रुपमा दैनिक पैसा लिने गरेको थियो । अरुलाई हानी नगर्ने काम गरेकाले पैसा पनि नलिए हुन्थ्यो भन्ने उनको मन थियो । अहिले नगरपालिकाले शुल्क नलिएकोमा उनी खुसी छन् ।
उमेर पनि वढ्दो छ । वर्षा र वैशाख जेठको गर्मीमा काम गर्न केही असहज भए पनि छोराछोरीको पढाइ पूरा गर्न उनले यो काम छोडेका छैनन् । केही आफन्तहरुले जुत्ता सिलाउने काम गरेको मन पराएकाछैनन् । कुरा पनि काट्छन् तर काम जे गरे पनि हुन्छ । कामलाई सानो ठूलो भन्न हुन्न भन्ने विचार उनको छ । जस्तो सुकै जुत्ता पनि सिलाउन सक्ने क्षमतामा प्रेमी राममा छ ।
प्रेमी रामको अनुभवले भन्छ ,काम गर्न लाज नमान्ने र कामलाई सम्मान गर्ने हो भने परिवार चलाउने पैसाको लागि विदेश जान पर्दैन । पेशालाई सानो ठूलो नभनी देशमै केही गर्न सके विदेशीको दासी बन्नु नपर्ने उनको बुझाइ छ ।
- admin
- २०७४ फाल्गुन १, मंगलवार १४:१९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया