सिद्धार्थ लोकमार्गको बुटवल तानसेन खण्डको सिद्धबाबा क्षेत्रको जोखिम बाटोले वर्षेनी मानवीय एवम् भौतिक क्षति हुने गरेको छ । वर्षामास् पहिरोको कारणले झन् समस्या थपिदै आएको यात्रुहरुले बताउँछन् ।
यस क्षेत्रका नेताहरुका लागि सिद्धबाबाको बाटो र पहिरो चुनावी नारा समेत हुने गरेको पाइन्छ । यस क्षेत्रको बाटो र पहिरो नियन्त्रणका लागि २०७२ सालको मंसीर १३ गते तत्कालीन अर्थ मन्त्री विष्णु पौडेल र उद्योग मन्त्री सोम प्रसाद पाण्डेय सहितको प्राविधिक टोलीले अनुगमन समेत सम्पन्न गरेको थियो । सोही समयको अुनगमन र निर्देशन अनुसार सडक विभागले तयार पारेको विस्तृत आयोजना प्रतिवेदनसंगै विदेशी तथा स्वदेशी अभियन्ताहरुलाई लिइ यसै क्षेत्रका प्रतिनिधि सभाका सांसद माननीय सोम प्रसाद पाण्डेय आइतवार सिद्धबाबा क्षेत्र आइ पुगेका छन् । साथै उक्त टोलीमा प्रदेश सभाका सदस्य माननीय वसन्त घर्तिमगर र तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिमगरको समेत उपस्थिति रहेको थियो ।
सो टोलीसंग सिद्धबाबा क्षेत्रमा भई रहने क्षति र यसले पार्ने दूरगामी असरका साथै मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुमा मनोवैज्ञानिक असर पुगेकोले पनि यस क्षेत्रको बाटो र पहिरोको बेलैमा ब्यवस्थापन हुनु पर्नेमा सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले जोड दिए ।
उनले आफ्ना प्रयास र अभ्यासका सन्दर्भमा प्राविधिक टोलीहरुलाई जानकारी दिदैं यसका लागि गर्न सकिने काम र कार्यान्वयनका पक्षमा आफूले खेल्न सक्ने भूमिकाका सन्दर्भमा प्रकाश पारेका थिए ।
प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनका आधारमा यस क्षेत्रमा अर्ध सुरुङ र जाली प्रविधि नै उपयुक्त हुने र राज्यले समेत लगानी गर्न सक्ने भएकोले सोही प्रतिवेदनलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए । सो प्रतिवेदन अनुसार करिव दुई अर्व खर्च हुने अनुमान गरिएको छ ।
- admin
- २०७४ माघ २९, सोमबार ०२:१९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया