पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा रहेको सिद्धबाबा मन्दिर विकास समितिले आफ्नो वार्षिक गतिविधि,खर्च सार्वजनिकीकरण एवम् पाल्पा जिल्लाबाट निर्वाचित माननीयहरुलाई स्वागत कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
कार्यक्रमका मुख्य अतिथि पूर्वमन्त्री एवम् पाल्पा क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य माननीय सोम प्रसाद पाण्डेयले सिद्धबाबा मन्दिरले गर्दै आएको कार्यको उच्च प्रशंसा गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको हब बनाउनु पर्नेमा जोड दिदै सिद्धबाबाको बाटोलाई सुधार गर्न सक्दो प्रयास गर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सभा सदस्य माननीय वसन्त घर्तिमगरले यस क्षेत्रको गरिमा र महिमा बोकेको सिद्धबाबा क्षेत्रलाई आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग र खेल्नु पर्ने भूमिकामा कुनै कसर नराख्ने बताए ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य माननीय डा.पुरन बज्राचार्यले सिद्धबाबा क्षेत्रको विकास र परिवर्तनका लागि आफ्नो भूमिका सधैं सकारात्मक रहने बताए । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य माननीय रमा घर्तिले सिद्धबाबा क्षेत्रको धार्मिक महत्वलाई प्रचार प्रसार गर्न सके आर्थिक विकासमा टेवा पुग्ने बताइन् ।
सो कार्यक्रममा तिनाउ गाउँपालिका वडा नं.२ र ३ का वडाध्यक्षहरु क्रमशः राजेश श्रेष्ठ र प्रेम पाण्डेय,अमर प्रधान,बुद्ध बहादुर बस्नेतले सिद्धबाबाको विकासका सन्दर्भमा प्रकाश पारेका थिए ।
मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले वर्षभरिको गतिविधि,भविष्यको सोच,आम्दानीका सन्दर्भमा जानकारी गराएका थिए । सोही कार्यक्रममा सिद्धबाबा मन्दिरको प्रचार प्रसारमा फोटो पत्रकारिताको माध्यमबाट सहयोग पुराउने फोटो पत्रकारहरु विश्वास ढकाल र मनिष पन्थलाई सम्मान गरेको थियो ।
- admin
- २०७४ माघ २१, आईतवार ०२:११
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया