
“नैतिकवान, विवेकशील व्यक्तित्व, अबको नेपाल युवाको नेतृत्व” भन्ने मुल नाराका साथ स्थापना भएको नमस्ते नेपाल रूपन्देहीद्वारा आयोजना गर्न लागिएको वृहत उत्प्रेरणा गोष्ठीमा प्रशिक्षण दिन “सौनक भट्ट” बुटवल आउने भएका हुन् ।
१५ वर्ष देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गरी नमस्ते नेपालले गोष्ठीको आयोजना गरेको हो । पछिल्लो समयमा युवाहरुमा बढ्दो आत्महत्याको प्रचलनलाई निरुत्साहित गर्दै उनीहरुमा सकारात्मक भावनाको उत्प्रेरणा जगाउनु यस गोष्ठीको मुख्य उद्देश्य हो ।
नेपालभित्र र बाहिरका गरी लाखौं युवासँग पुगी आफ्ना विचार तथा बोलीबाट उत्प्रेरणा जगाइसकेका सौनक भट्ट एक कुशल प्रवक्ताको रुपमा रहेको आयोजकको दाबी रहेको छ ! उक्त कार्यक्रममा ६०० भन्दा बढी युवा युवतिहरुलाइ सामेल गर्ने लक्ष्य आयोजकले राखेको छ । स्मरण रहोस् यस सस्थाले बिगतका दिनमा पनी धेरै सामाजिक र सहयोगी कामहरु गर्दै आइरहेको छ !
बुटवल उद्योग बाणिज्य संघको सभाहलमा गोष्ठीको आयोजना गर्न लागिएको हो । अन्तराष्ट्रिय स्तरसम्म ख्याती प्राप्त युवा उत्प्रेरक तथा प्रवक्ता सौनक भट्टले गोष्ठीमा युवाहरुको क्षमता विकासमा टेवा पुर्याउन जीवन उपयोगी ज्ञानहरुको आदानप्रदान गर्ने छन् । Leadership, Perception Of Seeing Life, Under Standing Our Mindset, Meditation, Changing The Pattern Of Our Life, Channelizing Our Energy Level लगाएतका बिषयमा प्रशिक्षण हुनेछ ।
युवाहरुमा देखिने नैरश्यता, नकरात्मक भावनालाई कम गर्न गोष्ठीको आयोजना गरेको नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए । खरेलका अनुसार बुटवलका युवाहरुमा सकरात्मक विचारको प्रवर्द्धन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो । नयाँ खोज संगको कुराकानीमा युवा उत्प्रेरक सौनक भट्टले युवाहरुमा सकरात्मक उर्जालाई वृद्धि गर्न, जिवनको लक्ष्यको बारेमा बुझाउन, यस गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरेका छन् । यस गोष्ठीले युवाहरुलाई सकरात्मक जीवनयापन गर्नको लागि सन्देश प्रवाह गरी मार्गनिर्देश गर्ने भट्टको भनाइ छ ।
सौनक भट्ट एक त्यस्ता व्यक्ति हुन जसले रचनात्मक, नेतृत्व, भावपूर्ण जीवित र जीवनमा आधारित एक युवा उत्प्रेरक वक्ता, प्रचारक, व्यक्तिगत विकासको प्रशिक्षक हुन ।
उनले राष्ट्रिय तथा अन्तराष्ट्र्रिय एजेन्सीहरु मार्फत नेपाल भित्र र बाहिरका लाखौं मानिसहरुलाई उत्प्रेरणा कक्षा दिइसकेका छन् । डिबेट नेटवर्क नेपालका संस्थापक उनले नेपालमा अन्तराष्ट्रिय शैलिहरुमा कसरि वादविवाद गर्न सकिन्छ भनेर सिकाउँछन् ।
नेपालको प्रतिनिधिको रुपमा अन्तर्राष्ट्रिय युवा परिष्द डान्स फर लाइफ (Dance For Life) को लागि काम गरिसकेका छन्, उनी साठी देशहरुबाट Global Inspirational Voices Award विजेता भइसकेका छन् । भट्टले लाखौँ मानिसहरुलाई उत्पेरणा कक्षा दिइसकेका छन् । धनगढीका युवा सौनक अहिले नेपालकै कान्छा मोटिभेटरको रुपमा चिनिएका छन् ।
कार्यक्रमका बारेमा थप जानकारी गराउनको लागि प्रशिक्षक सौनक भट्ट सहित बुटवलको सिद्धार्थ कटेजमा दिउसो १ बजे पत्रकार भेटघाट कार्यक्रम गर्ने अध्यक्ष अर्जुन खरेलले बताएकाछ्न ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया