आइतवार एक कार्यक्रमका बीच चौथो सुकेताल महोत्सव एवम् विविध कार्यक्रम सुकेतालमा सम्पन्न भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरले चौथो सुकेताल महोत्सव भब्य एवम् सभ्य तरिकाले सम्पन्न हुन सकेकोमा आयोजक सुकेताल विकास समिति र सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।
उनले ग्रामीण पर्यटनको हबको रुपमा रहेको सुकेतालको प्रचार प्रसार र आर्थिक विकासका निम्ति महोत्सव फलदायी हुन सकेको बताए । आगामी वर्षमा समेत महोत्सवले निरन्तरता पाउने उनले बताए । सोही कार्यक्रममा उद्योग वाणिज्य संघ,पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले सुकेताल महोत्सवले पाल्पाको शान बढाएको र आगामी वर्षहरुमा हातेमालो गरी बढ्ने प्रतिवद्धता समेत जनाए । उक्त कार्यक्रममा सोही संघका सदस्य प्रेम श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

महोत्सवका अवसरमा लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव एवम् चर्तित गायक खुमन अधिकारी,हास्यकलार पुर्खे बा,पप गायक कृष्ण राधाप्रेम ,नारायण वीपी,जमुना राना लगायतको विशेष प्रस्तुति रहेको थियो । हजारौंका संख्यामा उपस्थित दर्शकहरु कलाकारहरुको गायनसंग नाँचेका थिए । कार्यक्रम सुकेताल विकास समितिका अध्यक्ष पदम बहादुर गाहा र सञ्चालन सचिव मान बहादुर सारुले गरेका थिए ।


- admin
- २०७४ माघ ७, आईतवार १७:२७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया