चौथो सुकेताल महोत्सवको उद्घाटन सम्पन्न
पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको वडा नं.२ सुकेतालमा चौथो सुकेताल महोत्सव एवम् विविध सांस्कृतिक कार्यक्रमको शुक्रवार पाल्पा क्षेत्र नं.२ प्रतिनिधि सभाका सदस्य एवम् पूर्व उद्योगमन्त्री माननीय सोम प्रसाद पाण्डेयले उद्घाटन गरेका छन् । उनले ग्रामीण पर्यटनको नमूना सुकेताल क्षेत्रलाई विस्तार गरी आगामी दिनमा यसको प्रवद्र्धनका निम्ति आफूले सक्दो पहल गर्ने बताउँदै सुकेताल महोत्सवले कृषि,उद्योग र पर्यटनको विकासका लागि नयाँ सन्देश दिने बताए ।
सोही कार्यक्रममा प्रदेश सभाका सदस्य माननीय तुलाराम घर्तिमगरले सुकेतालसम्मको बाटोलाई ब्यवस्थित गर्ने,खानी मार्फत युवाहरुलाई रोजगार दिनु पर्ने बताउँदै प्रदेश सभा सदस्यको नाताले आफूले गर्न मिल्ने र सक्ने काममा कुनै कसर नराख्ने बताए ।
उदघाटन कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगर,वडा नं.२ का वडाध्यक्ष राजेश श्रेष्ठ,सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङ,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल,पाल्पा उद्योग वाणिज्य संघका सदस्य प्रेम श्रेष्ठ,पारदर्शि समूह,बुटवलका अध्यक्ष महेन्द्र पाण्डेय,सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष कृष्ण रेग्मी लगायतले सुकेतालको गरिमा र महिमालाई सधैं उँचो राख्नका लागि आफूहरु लागीपर्ने बताए ।
कार्यक्रममा कलाकारहरु नारायण बीपी,वसन्त लम्साल,कुलचन्द्र पुरीले आफ्नो प्रस्तुति देखाएका थिए ।
महोत्सव शनिवार र आइतवार समेत सञ्चालन हुने आयोजक समितिका संयोजक पदम बहादुर गाहाले बताए ।
- admin
- २०७४ माघ ६, शनिबार ०४:०९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया