पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ मा पर्ने सुकेतालमा यही माघ ५ गतेदेखि ७ गतेसम्म हुन गई रहेको चौथो सुकेताल महोत्सवका सन्दर्भमा जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम बुटवलमा सम्पन्न भयो ।
मुख्य आयोजक रहेको सुकेताल विकास समितिका संयोजक पदम बहादुर गाहा मगरले चौथो सुकेताल महोत्सवको अपेक्षा,महोत्सवले दिने सन्देशका बारेमा स्वागतसहित जानकारी गराएका थिए ।

सो कार्यक्रममा सुकेताल महोत्सवले सहर र गाउँलाई जोड्नका लागि सम्बन्ध सेतूको रुपमा काम गर्न सक्ने,कृषि,उद्योग र पर्यटन विकासको सम्भावना खोज्न सक्ने र स्थानीयहरुलाई महोत्सवले आर्थिक पाटोसंग जोड्न सक्ने बारेमा स्थानीय अगुवाहरु राजेश श्रेष्ठ र दल बहादुर गुरुङले पत्रकारहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा पत्रकारहरु दीपक ज्ञवाली,टीआर शर्मा,भुवन कार्की,कृष्ण खनाल लगायतले सुकेताल महोत्सव ग्रामीण पर्यटनको विकास केन्द्र हुन सक्ने भएकाले आफूहरुले सक्दो कलम चलाउने बताए । सोही अवसरमा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल,होटल तथा रेष्टूरेण्ट ब्यवसायी संघ,रुपन्देहीका अध्यक्ष समुन्द्र जीसी,सिद्धार्थ केवलकार सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्र सिंह गुरुङ,पर्यटन व्यवसायी रचना भट्टराई,वन तथा वातावरण क्षेत्रमा कार्यरत् युवा अभियन्ता कृष्ण रेग्मी लगायतले चौथो सुकेताल महोत्सवको सफलताको कामना गर्दै पर्यटकहरुलाई आकर्षण गर्न सक्ने कार्यक्रमहरु भएकाले सबै पर्यटकहरुलाई सुकेताल पुग्न समेत अनुरोध गरेका छन् ।

साथै आयोजकले दोभान प्रहरीचौकीबाट यातायातको साधन(कार,भ्यान,मोटरबाईक,जीप समेत)बाट सुकेताल सजिलै पुग्न सकिने समेत बताएको छ ।
उक्त पत्रकार भेटघाटको संयोजन श्रीनगर अनलाईन मिडिया र कार्यक्रमको ब्यवस्थापन न्यू ईरा होटलले गरेको थियो ।

- admin
- २०७४ माघ ३, बुधबार १८:३८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया