
मनिष पन्थ
फोटो पत्रकारिता र म
फोटोग्राफी शब्द ग्रीक भाषाबाट पैंचो लिइएका शब्द हो । यसको अर्थ हुन्छ–प्रकाशद्वारा चित्र अंकित गर्नु । फोटोग्राफी भन्नाले प्रकाशद्वारा नै प्रकाश संवेदनशील सतहमा चित्र अंकित गर्ने प्रक्रिया बुझिन्छ ।
फोटो पत्रकारिता पछिल्लो समय विकास भएको पत्रकारिता हो । यसको सहयोगले पत्रकारितालाई बलियो र प्रमाणिकरणमा जोड दिएको पाइन्छ । फोटोमा अनुभव,अनुभूति हुने भएकोले यो जीवन्त हुने गर्छ ।
हजारौं शब्दले अभिब्यक्त गर्न नसकिएका कुरा एउटा राम्रो फोटोले सहजै ब्यक्त गर्न सक्छ । फोटोमा शक्ति छ,सुन्दरता छ र शालीनता पनि उस्तै छ । फोटो इतिहास हो,वर्तमान हो र अझ्ै भविष्य पनि हो । हामी हाम्रै हिजोका फोटो हेरेर द· छौं आज,आजैको फोटो हेरेर मख्ख छौं र हिजो र आजको फोटो हेरेर भोलि सुन्दर कल्पनामा बाँच्ने छौं । त्यी सबै कुरामा फोटोग्राफी साक्षी बनेर आएको थियो,आएको छ र आउने छ । हामी यसैमा खुसी छौं । कुनै ब्यक्ति,वस्तु वा घटनाको जानकारी फोटोको माध्यमबाट दिने प्रक्रिया नै फोटो पत्रकारिता हो ।
म रहरमा हुर्केको मान्छे,मलाई क्यामेरा चलाउने रहर वा हुँटहुँटीले आज मनिष भनेर चिनायो । रिल बेरेर चलाउने क्यामेरा,धुलाई गर्ने पुरानो प्रविधिमा खेल्दै आएको मान्छे म । त्यो समयको आज लगभग अन्त्य भईसक्यो । तर मेरो क्यामेरासंग खेल्ने ईच्छा र रुचीले असल र सक्षम फोटोग्राफर बन्ने सपनालाई पछ्याइ नै रह्यो । फोटो पत्रकार वा फोटोग्राफर बन्नका लागि आफू स्वस्थ छु,शरीरले,मनले,विचार र भावनाले । प्रविधिसंग खेल्ने वा चलाउने सीप सिकें,सिर्जनात्मक प्रयोग गरें ।
मेरो आँखामा सिद्धबाबा मन्दिर
सिद्धबाबा क्षेत्र आदि मानव रामपिथेकसको घुमफिर गर्ने भूमि हो । यो भर्तृहरिको तपोभूमि पनि हो । यस ठाउँमा उनले आफ्नो वैराग्य जीवन ब्यतित गरी सिद्धि प्राप्त गरेको हुँदा सिद्धबाबा रहन गएको किंवदन्ती समेत पाइन्छ । भर्तृहरि खासमा भारतको तत्कालीन उज्जैन राज्यका राजा थिए । भनिन्छःउनी विक्रम सम्बत् चलाउने राजा विक्रामादित्यका दाजु थिए । आफ्नी श्रीमती पिंगला र भाइसंगको खटपटका कारण राज्य त्याग गरेर यस क्षेत्रमा तपस्या गरेर नाथ सम्प्रदाय अवलम्वन गरी सिद्धि प्राप्त गरेको किंवदन्ती पाइन्छ । उनले यसै क्षेत्रमा बसेर त्रिसतक लेखेका थिए । उनै भर्तृहरिले वैराग्य,नीति र सौन्दर्य सतक यहीं सिद्धबाबा मन्दिर नजिक रहेको कुहिरेभीरको डाँडामा बसेर लेखेको इतिहास पाइन्छ ।
सिद्धबाबा मन्दिरमा शिवजीको पूजाआजा गरिन्छ । शिवजीलाई भोलेबाबा भन्ने चलन समेत छ । यस मन्दिर परिसरमा शिवजीको मूलमन्दिर,गणेश,नाग,मनसादेवी,विश्वकर्मा बाबाको मन्दिरका साथै अखण्ड धूनी समेत छ । मन्दिरको परिसरमा विभिन्न ब्यक्ति वा संघसंस्थाको आर्थिक,भौतिक र नैतिक सहयोग र सिद्धबाबा मन्दिरको संयोजनमा निर्मित धर्मशाला,श्राद्ध स्थल,पार्किङ्ग स्थल,सार्वजनिक शौचालय,असाहयहरुका लागि बनाइएको आश्रय स्थल समेत र सिद्धबाबा मन्दिर सबैको आस्थाको केन्द्र हो । यस मन्दिरमा खास गरी शनिवार र सोमवार श्रद्धालु भक्तजनहरुको ओइरो लाग्छ ।
महाशिवरात्रिको अवसरमा विशेष शिवपूजन,रुद्राभिषेक,अखण्ड भजनकीर्तन हुने चलन चल्दै आएको छ । यस अवसरमा नेपालका कुना काप्चादेखि भारतको गोरखपुरसम्मका श्रद्धालुभक्तजनहरु दर्शन तथा पूजाआजा गर्न यहाँ आउने गर्दछन् । ठूलो एकादशी,नवदुर्गा,अक्षयतृतीया श्रीपञ्चमी आदिमा विशेष पूजा तथा दर्शन आरधना गर्ने गरिन्छ ।
कुहिरे भीरको कारण यहाँ समस्या देखा परि रहेको पाइन्छ । हुन त यो भीरले सिद्धबाबाको महिमा बढाउँछ तर पनि यहाँबाट खस्ने ढुंगाले सिद्धार्थ लोकमार्ग हुँदै गन्तब्यमा जाने आउनेहरुलाई मानवीय एवम् भौतिक क्षति पुराई रहेको पाइन्छ । यसको रोकथामका लागि विभिन्न खालका प्रयासहरु भएता पनि आम नागरिकहरुले महसुस् हुने खालको नतीजा प्राप्त हुन सकि रहेको छैन ।
धार्मिक पर्यटनको हबः सिद्धबाबा क्षेत्र
सिद्धबाबा मन्दिरको महिमाका लागि हामी फोटो पत्रकारहरुले फोटो,भिडियोको माध्यमबाट सक्दो सहयोग पुराइ रहेका छौं । यसका साथै सिद्धबाबा मन्दिरको महिमालाई थप प्रचार प्रसार गर्नु जरुरी देखिन्छ । यस मन्दिरको मानवीय,भौतिक एवम् समग्र पक्षको विकासका लागि सिद्धबाबा मन्दिर विकास समितिले गरेको प्रयास उल्लेखनीय छ । तथापि यसको थप गरिमा बढाउनका लागि सञ्चार माध्यम र पत्रकारिताले महत्वपूर्ण योगदान पुराउन सक्ने भएकोले पनि यिनीहरुको साथ,समन्वय र सहकार्य जरुरी हुने गर्दछ ।
फोटो पत्रकारको आँखाबाट हेर्दा सिद्धबाबाको भविष्य सुन्दर छ । वर्तमानमा गरिएका अभ्यासहरु प्रशंसनीय नै छन् । मन्दिरको गरिमा बढाउने भनेकै मन्दिरका पूजारी,भक्तजन र मन्दिर विकास समितिका पदाधिकारीहरु हुन् । उनीहरुको उचित संयोजनले नै सिद्धबाबा मन्दिरको महिमा चौतर्फी रुपमा फैलिन सक्छ । फोटो पत्रकारको आँखाले हेर्दा यस सिद्धबाबा क्षेत्रलाई धार्मिक पर्यटनको हब बनाउन सकिन्छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया