
दल बहादुर गुरुङ
देशमा एक सय ४ वर्षे राणा शासन भोगे नेपाली जनताहरुले । त्यतिमात्र होइन ३० वर्षे पञ्चायती शासन पनि भोगे । प्रजातन्त्र,बहुदल,लोकतन्त्रहुँदै गणतन्त्र समेत आज भोगिदैछ । आमनेपाली, जनताबाट नागरिक अझ्ै हुन सकि रहेको अवस्था छैन । नेपालीहरुले कहिले पाउलान् जनताबाट नागरिक बन्ने सुनौलो अवसर ?
स्थायी सरकारः
नेपाली नागरिकले नेपालमा स्थायी सरकारमात्र होइन खोजेको र रोजेको ? बरु खोजेका हुन् उनीहरुले स्थायीसंगै समृद्धिको सरकार । स्थायी सरकार नबन्दा शासन पद्धतिमा अप्ठ्यारो परेको सत्य हो । छिटोछिटो सरकार परिवर्तन हुने अनि अस्थीर अवस्थाले नागरिकका समस्या समाधान हुन नसक्ने र विकास निर्माणका कामहरुले पूर्णता पाउन नसक्ने अवस्था आएकै हुन् ।
त्यसो त स्थायी सरकार राणाकालीन समयमा छँदै थियो नि ! किन चाहियो त प्रजातन्त्र ? किन चाहियो त लोकतन्त्र र गणतन्त्र ? सवाल यस्ता पनि उठ्न सक्छन् । २०१५ सालमा,२०४८ सालमा र २०५६ सालमा नेपाली काङ्ग्रेसले बहुमतको सरकार बनाएको त हुँदै हो नि,किन हुन सकेन स्थायी प्रश्न यही छ नागरिकहरुको ?
सरकार स्थायी रुपमा टिक्न सकेन मात्र होइन समृद्धिको सरकार बन्ने सकेन,अर्को मार्मिक प्रश्न फेरि तेर्सिन छ यहाँ ?
स्थायी त एक किसिमको सत्ताको दृष्टिकोणले पञ्चायत पनि थियो नि ? शासक बदलिरहे होलान् फरक यत्ति नै त हो ? व्यवस्था त निरन्तर चलि रह्यो नि ३० वर्ष त ? त्यसैले सामान्य नागरिकको बुझाइ के पनि छ भने स्थायी सरकार मात्र नागरिकको चाहना होइन अर्थात् स्थायी सरकारले मात्र समृद्धिको सरकार नआउने कुरो यो पनि रहेछ ।
किन आएन समृद्धिको सरकार ः
नेपालमा नेपाली नागरिकको चाहना अनुसारको सरकार बन्न सकेन,बनेको पनि अल्पकालीन बन्यो भन्नेहरु धेरै छन् । केही प्रगतिशील वा बामपन्थीका सरकार त बने तर उनीहरु स्थायी सरकारको रुपमा टिक्न सकेनन् र विकास चाहे जस्तो हुन सकेन तर्क आआफ्नै होलान् ?
सममृद्धिको सरकार बन्न नसक्नुमा शासन व्यवस्था,शासकको दृष्टिकोण,शासन गर्नेको शैली अनि ब्यवहार र राष्ट्रिय अनि अन्तर्राष्ट्रिय सरोकार एवम् सम्बन्ध होलान् । चाहे जे होस्,नेपाली नागरिकले खोजेको समृद्धि नै हो ।
त्यो चाहे आर्थिक,सामाजिक,राजनीतिक,सांस्कृतिक जे हून् । यी परिवेशका पछाडि नेपालीहरु २००७ सालदेखि निरन्तर लागि रहेका पक्कै हुन् । तर उनीहरुले यसको प्राप्ति आजका मितिसम्म हासिल गर्न नसकेको सत्य हो । सत्य यो पनि हो कि यसका लागि नेतृत्व गर्ने गतिलो राजनीतिक पार्टी नेपालमा हुर्किन सकेन । जन्मिएका त हुन् ।
समृद्धिको सरकार बन्न नसकेको कारण नेपालीका अनुहार मरिच खुम्चिए झैं भएकै छ । रोजागारीमा रोगी मनस्थिति छँदैछ र त युवाहरुलाई तेस्रो मुलुक धेकेलेकै छन् । सुखी नेपालीको चाहना एकादेशको कथा भयो । व्यवसाय गरि खानेहरुको हविगत छैन ।
कृषिकर्म गर्नेहरु हेलाका पात्र भए । बिचौलियाहरुको शासन चल्यो देशमा । माफियाहरु एकोहोरो राष्ट्रिताका विरुद्धमा रहे । उद्योग,धन्दाहरु पूँजीबादीहरुको मुठ्ठीमा कस्सिएर बस्यो । सुकुम्बासीहरु,घरबारविहीनहरुको अवस्था बुझ्न खोज्नेको सरकार टिकेनन् वा टिक्न दिइएन ।
किन यस्तो अवस्था आयो ? नागरिकको प्रश्न यहींनेर छ । जवाफ दिने सरकार चाहियो भन्दैछन् आम नागरिकहरु ।
बामपन्थीको सरकार
२०४८ सालपछि नेपालमा एकपटक बामपन्थीको अल्पमतको सरकार बन्यो । अनि बाँकी पाँच जनाको नेतृत्वमा मिलिभगतको सरकार बन्यो । त्यो पनि छिटोछिटो परिवर्तन भइ रहे । मनमोहनको सरकार,पहिलो पटकमा प्रचण्डको,बाबुराम र केपी ओलीको सरकार त बामपन्थीकै सरकार थिए नि त ! तर उनीहरुले चाहेजस्तो परिर्वतन गर्न त सकेनन् नि ? प्रश्न यही छ ।
बहुमतको बामपन्थी सरकार ः
अलमत वा मिलिभगत बामपन्थीको सरकार त बन्यो तर बनेन हालसम्म स्थायी बामपन्थीको सरकार । निर्वाचनको प्रारम्भिक परिणामले बामपन्थीहरुको बहुमतको सरकार बनाउने छन्द देखाएको छ । तर यसको अन्तिम नतीजा हेर्नै बाँकी छ तर अग्रताले सन्देश दिन सक्छ ।
बामपन्थीहरु सामाजिक,आर्थिक,राजनीतिक एवम् सांस्कृतिक रुपमा अग्रगामी हुन्छन् । उनीहरुको ध्येय राज्यमा असल शासन ब्यवस्था कायम गर्दै आम नागरिकका समस्याहरुलाई सम्बोधन गरी राष्ट्र विकास गर्ने नै हो । नागरिकहरुको सामाजिक अधिकार,आर्थिक अधिकार,राजनीतिक नेतृत्व र सांस्कृतिक अवस्थालाई उत्थान गर्नुनै उनीहरुको नैतिक दायित्व र कर्तब्य हो ।
नेपालमा नेकपा एमाले र माओबादी केन्द्रको गठबन्धनबाट बहुमतको सरकार त बन्ला तर स्थायी रहला कि नाइँ ? मुख्य प्रश्न र आशंका यसैमा छ । स्थायी हुनका लागि आवश्यक आधारहरु सिर्जना गर्दै ती आधारहरुको पूर्ण पालना गर्नु उनीहरुको नैतिक जिम्मेवारी र दायित्व हुन आउँछ ।
नेपाल विश्व कम्युनिष्ट आन्दोलनको एउटा प्रमुख उर्वर भूमि हो । यसैलाई मध्यनजर गरेर नेपालका दुई मुख्य कम्युनिष्ट घटकहरु एक ठाउँमा उभिनु र स्थायी सरकारको परिकल्पना मात्र होइन समृद्धिको सरकारको अपेक्षासहित अघि बढ्नु कुनै अनौठो विषय पनि होइन ।
नेपालमा विकास हुन सकेन कारण अनेक छन् । शासकहरुका जवाफ फरक छन् । नागरिकहरुको प्रश्न भने सधैं एउटै छ । पृथ्वी नारायण भन्थे–टुक्रे राज्य धेरै भएकाले,सधै लडि रहनु पर्ने अनि विकास कसरी होस् ।
राणाहरु भन्ने गर्थे–कमजोर शासक, भारदारहरुको किचलो र छिमेकीहरुसंग अनावश्यक लडाइँ । राजा महेन्द्र भन्थे–राजानीतिक स्वतन्त्रता र धेरै राजनीतिक पार्टीहरु नै विकासका बाधक हुन् ।
काङ्ग्रेसले भन्यो–सरकारले मात्र विकास गर्न सक्दैन । नीजि क्षेत्रलाई हात हाल्न दिनु पर्छ । अनि थाल्यो कौडीको मूल्यमा बेच्न नेपाली उद्योगहरु,जो वैदेशिक सहयोगमा बनेका थिए । अनि सुरु भयो वैदेशिक रोजगारको अवस्था ,अनि थाले युवाहरु विदेश जान । रेमिटेयान्सले मात्र देश चल्छ ?
बामपन्थीको विकासमुखी धारणा छ–विकास गाउँबाट सहरतिर । समुदाय,सरकार र सहकारीबाट ।
हो ! नेपालीको समृद्धि चाहने हो भने राजनीतिक स्थायित्व,सरकार स्थायित्व र समृद्धिको खाकासहितको सरकार । कार्यान्वयन गर्ने दृढ संकल्पसहितको बामपन्थी सरकार । देशले खोजेको,नागरिकले रोजेको सरकार नै स्थायी र समृद्धिको सरकार हो ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया