https://youtu.be/ydmNaEWfPHs
वर्ष २०७४ को प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘कान्छी’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘चरी चट्ट परी’ बोलको गीतले युट्युबमा ७५ लाख बढी ‘भ्यू’ पाइसकेको अवस्थामा निर्माण पक्षले बिहीवार फिल्ममा समावेश ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक गरेको छ ।
चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर सुन्न सकिन्छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । भिडियोमा यो जोडीको आकर्षक केमेष्ट्री देखिन्छ ।
यो गीत फिल्मको टर्निङ प्वाइन्ट हुनसक्ने अनुमान लगाउन सकिन्छ । गीतको भिडियोलाई लोकेशन, कोरियोग्राफी र खिचाइले उत्कृष्ट बनाएको छ । फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कान्छी’लाई ‘कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् ।
मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।
भिडियो :- https://www.youtube.com/watch?time_continue=9&v=ydmNaEWfPHs
- admin
- २०७४ पुष २०, बिहीबार ०९:१५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया