सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान एक रुपैयाँ, आन्तरिक हवाई इन्धनमा तीन रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धनमा ५० डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी २५ रुपैयाँ प्रतिसिलिन्डर वृद्धि भएको छ ।
मूल्य बढेपछि मंगलबार बिहानबाट उपभोक्ताले पेट्रोल एक सय दुई, डिजेल र मट्टीतेल समान ७९ रुपैयाँमा खरिद गर्नुपर्नेछ । खाना पकाउने ग्यास बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धन ९० रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन नौ सय डलर प्रतिकिलोलिटर पुगेको छ ।
निगम प्रवक्ता वीरेन्द्र गोइतले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची बढेर आएकाले मूल्यवृद्धि गरिएको बताए । ‘मूल्यवृद्धिपछि निगमलाई मासिक रूपमा २६ करोड ४० लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ,’ उनले भने । आइओसीले प्रत्येक १५ दिनमा (१ र १६ तारिख) मा नयाँ मूल्यसूची पठाउने गर्छ । १ तारिखमा सबै पेट्रोलियमको र १६ तारिखमा पेट्रोल, डिजेल र मट्टीतेलको मात्र नयाँ मूल्य सूची पठाउने गर्छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिस्तारै उकालो लाग्न थालेको छ र आइओसीले पठाउने मूल्य पनि बढ्न थालेको निगमले जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्यका आधारमा पछिल्लो ४५ दिनमा निगमले तीनपटक पेट्रोलियमको भाउ बढाइसकेको छ ।
- admin
- २०७४ पुष १८, मंगलवार ०४:३३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया