
–दल बहादुर गुरुङ
अंग्रेजी नयाँ वर्षको पहिलो दिन,टोपी दिवसको दसौं वर्षगाँठको अवसर पारेर सोमवार हामी पाल्पाको तिनाउ गाउँपालिकाको बीस माईलदेखि पूर्वतर्फ ठाडो करिव एक घण्टाको उकालो उक्लिएपछि पुगियो गड्डा गाउँ अर्थात् गड्डा हाईट । सुमद्री सतहदेखि करिव आठ सय मीटर हाईटमा ।
हामी खासगरी पर्यापर्यटन,धार्मिक पर्यटनसंगै कृषि पर्यटनको सम्भावित अध्ययन र अवलोकनका लागि गड्डा हाईट पुगेका थियौं । हामीसंग दोभान एग्रो प्रालिका अध्यक्षसहितको टोली थियो । टोलीको मुख्य उद्देश्य दोभान क्षेत्रमा रहेको गड्डा हाईट पर्यटकीय क्षेत्रका साथै सिद्धपुरुष भर्तृहरिको तपोभूमि क्षेत्र भएकोले समेत धार्मिक पर्यटनको अवस्था अवलोकन गर्नुनै थियो ।

टोलीको नेतृत्व दोभान एग्रो प्रालिका अध्यक्ष सुरज भट्टराई र सो अध्ययन अवलोकन भ्रमणको संयोजन स्थानीय दल बहादुर गुरुङले मिलाएका थिए ।
बस्ती बसाइँ सर्दै
गाउँमा पहिले २३ घर थिए । अहिले घट्दै गएका छन् । गाउँका टाठाबाठाहरु जग्गा जमिन बेचेर तराई मधेस झर्दै गएका छन् । गाउँमा कल्पना,सरिता,तिलक,
ताराहरु छैनन् । न त छन् चक्र,देव र रुपाहरु । उनीहरु मध्ये कोही दोभानको सिद्धार्थ हाइ वे तिर झरे । गाउँमा देखिएनन् बम बहादुर र यम बहादुरहरु । ६९ बर्षीय जीत बहादुर क्षेत्री र खिम बहादुर क्षेत्रीले जग्गाको सुहाउँदो मूल्य पाए बजार झर्ने कुरा सुनाउँदै थिए । २०३० सालदेखि लगातार बस्दै आएका उनीहरुमा किन गाउँप्रतिको मोह भंग भो ? जान्ने उत्सुकता ताजै रह्यो ।

नयाँ नयाँ ब्यक्तिहरुले गाउँमा जग्गा किनि रहेका छन् तर उनीहरुको भौतिक उपस्थिति भने छैन । गाउँलेहरु भन्छन्–नयाँ मान्छेहरुले विकास ल्याउँछन् रे ! होटल,रिसोर्ट खुल्छ रे ! हामीले पनि रोजगार गाउँमै पाइन्छ जस्तो छ ! उनीहरुको सपना सुन्दा पनि हामी दंग परेका थियौं । गाउँमा बाटो पुग्यो,बिजुली पुग्यो,प्राथमिक विद्यालय छ,चिरीडाँडा सामुदायिक वन र त्यसको भवन समेत छ तर त्यसको उपभोग गर्ने उपभोक्ता वा गाउँलेहरु धेरै छैनन् । गाउँबस्ती उजाडिदैछ । मानवबस्ती नभएपछि कसरी गाउँको विकास होला र विकास कसका लागि चाहिन्छ र ?
कृषि कर्म थलो बन्ने सम्भावना ः

दालचिनी,कागती,आँप,नास्पाती,भूइँकटहर,रुखकटहर,बेलौती,अमिलो प्रशस्त फल्ने कुरा स्थानीयहरुले बताए । हाम्रा ना·ा आँखाले पनि धेरै फलफूलका बोटहरु देखे । यीनै फलफूल खेतीका सहायताले गाउँलेहरुले आम्दानी बढाएका छन् । घरखर्च टारेका छन् । जीवन गुजारेका छन् । परिवारका स्वास्थ्य,शिक्षामा खर्च समेत गरेका छन् ।
गड्डा हाईटमा हावापानीका कारण तरकारी खेती,फलफूल खेती प्रशस्त हुने भएकाले कृषि कर्मको थलो र सम्भावना भएको क्षेत्रको रुपमा मान्न सकिन्छ । यहाँ पानीको अभाव भएको र त्यसलाई ब्यवस्थापन गर्न सकिएमा सोचेको भन्दा राम्रो प्रगति गर्न सकिने स्थानीय अगुवा चित्र कुमार गुरुङले बताए ।
कच्चीबाटो हिउँद याममा चल्ने तर फलफूल पाक्ने वर्षामास सो कच्चीबाटो बिग्रिने भएकोले किसानहरुलाई मर्का पर्ने भएकाले सो कच्ची बाटोलाई ग्राभेल मात्र गर्न सकिएमा धेरै उत्तम हुने स्थानीयहरुले सुनाए ।
त्यसैले समाजशास्त्री डाक्टर हर्क गुरुङले भनेका थिए– बाटोले बजार दिन्छ,बजारले हजार दिन्छ,बाटोले विकास दिन्छ,विकासले निकास दिन्छ । हो ! गाउँमा उत्पादित कृषि उत्पादनहरुलाई बजार दिन सकिएमा हजार कमाउन कुनै गल्फ कन्ट्री जानु पर्ने छैन । युवाहरु परदेशिएका कुराहरु समाचारमा पढ्नु पर्ने छैन । गाउँको विकास गाउँमै हुने थियो । सोच्ने कसले,बुझाउने कसले,सम्झाउने कसले ? यावत प्रश्नका उत्तरहरु हामीले गाउँकै कृषि भूमिमा खोज्नु पर्छ,युवाहरुका लागि सोच्नुपर्छ र गरे सम्भव छ भन्ने सन्देश प्रवाह गर्नु जरुरी छ ।
कुटे पसल र खानाको जोहो ः

गाउँभरिका लागि एउटा सानो कुटे पसल छ । सामान हल्का पाइन्छ । चाउचाउ,विस्कुट,घरेलु मदिरा मात्र पाइन्छ । हामीलाई उकालो चढ्दा भोक लागि सकेको थियो । चाउचाउले पेट सेक्यौं । भूजा खासै पाइएन । साहुनी दिदी भन्दै थिइन्–गाउँ सानो छ,खासै किन्ने ग्राहक धेरै छैनन्,धेरै सामान राखेर खेर जान्छ । शनिवार बजार जाँदा हल्का सामान ल्याउने हो हप्ताभरिलाई
हामीले लोकल कुखुराको झोलसंग भात खाँदा दिनको २ बजिसकेको थियो । अहा ! लोकन कुखुराको झोलसंग भात खाँदाको बयान कसरी गरुँ ? तर कुखुरा खोज्न र पकाउन भने मात्र ३ घण्टा लागेको थियो ।
खानाको जोहो गर्नुपर्ने बाध्यकारी अवस्थाको के बयान गर्नु र ? गाउँमा आन्तरिक एवम् वाह्य पर्यटक आइ हालेमा खान,बस्न र सुत्न समस्या छ । गाउँमा खासै बस्ने खाने ठाउँ छैनन्भन्दा पनि हुन्छ ।
भर्तृहरिको तपोभूमि ः
गड्डा हाइटबाट दक्षिण भीर तर्फ आधा घण्टा तल ओरालिने हो भने हामी भर्तृहरिको तपोभूमि र छरछरे झरनाको मुहानमा पुग्न सकिन्छ । त्यही बसेर भर्तृहरिले आफ्नो वैराग्य जीवन ब्यतित गरेका थिए भन्ने किंवदन्ती छ । उनले त्यही गुफामा बसेर त्रिशतक लेखेका कुरा इतिहासमा पाइन्छ ।
त्यही स्थानको महिमालाई प्रचार गर्न र धार्मिक पर्यटनको विकास गर्नका लागि सिद्धबाबा मन्दिरमा आउने कम्तिमा ५ प्रतिशत् श्रद्धालु भक्तजनहरुलाई गड्डा हाईटसम्म र सो तपोमूभिमा लैजान सके सो स्थानको धार्मिक पर्यटनको विकास र प्रवद्र्धन गर्न सम्भव देखिन्छ ।
त्यसका लागि सिद्धबाबा मन्दिर विकास समितिले समेत नयाँ सोचको विकास गरिरहेको छ । सिद्धबाबा मन्दिर परिसरबाट त्यहाँ पुग्ने ट्रयाकको खोजी गरिरहेको छ । प्रचार प्रसार गरी आगामी दिनमा यसको महिमालाई प्रष्टयाउने कामको सुरुआत्का लागि पहल गरेको छ ।
गड्डा हाईटबाट नुवाकोट सजिलै देखिन्छ । अझ् त्यहाँबाट सिद्धबाबा मन्दिर र बुटवल बजार हेर्दा त स्वर्गीय आनन्द प्राप्त हुने गर्छ । सिरीरी चिसो हावा अनि मनै सरर अनि हलु·ो पनि हुन्छ ।
सम्झिदैं झ¥र्यौ ओराली
तीन बज्दै गर्दा हामी गाउँलाई छोडेर काशी क्षेत्रीको सहयोगमा गाउँको टुप्पामा पुग्यौं । उनले बटौली बमघाट ओर्लिने बाटो देखाइ दिए । हामी चार जाना गाउँ,गाउँका बासिन्दाहरु,उनीहरुको हार्दिकतापूर्ण स्वागत र बिदाईलाई सम्झिदैं ओराली झ¥यौं । केही तरपाएँ बाटा अनि कतै सीधै ओराला बाटा र गल्छेंडाहरु छिचोल्दै हामी बुटवल चिडिया खोलाको बमघाट आइ पुग्दा साँझको पाँच नाँघि सकेको थियो ।
गाउँलेहरुले गरेका खेती किसानी,पशुपालनलाई गहिरो अध्ययन ग¥यौैं । पहाड र तराईका खेतीका सन्दर्भमा फरक केलायौं । जीवन पद्धति,भोगाई र जीवनका सामीप्यताका बारेमा मिहिन छलफल गर्दै ओरालो लाग्यौं । गड्डा हाईटमा पानीको अभावकै कारण तरकारी खेती हुन नसकेको,पानीकै अभावले धान,गहँु खेती हुन नसकेको बरु सट्टामा फलफुल खेती र कोदो मकै राम्रै उत्पादन भएपनि गाउँलेहरुको जीवन सोचे अनुसारको सहज हुन नसकेको थाहा पाइयो ।
सहर र गाउँलाई जोड्ने सेतू भनेको नै कृषि कर्म र कृषि पर्यटन हो जस्तो हामीले आजको यात्राबाट सहजै महसुस गर्न सक्यौं । यही सन्देश बोकेर जीवनको यात्रामा हामी अघि बढि रहने संकल्प सहित सुरज भट्टराई,विष्णु भट्टराई,भूमि सापकोटा र म दल बहादुर गुरुङ आआफ्ना घरतिर लाग्यौं । जेहोस् हाम्रो यात्रा नबिर्सिने यात्रा रह्यो । फेरि यस्तै यात्राको कल्पना सहित विदा भयौं ।
पैदल यात्रा,जीवन्त यात्रा हो । राति सुत्ने बेला आफ्ना खुट्टाहरु आफ्नै हुन् कि नाइँ थाहा नपाइने हो कि भन्ने सन्देह मनमा अझ्ै ताजै छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया