१५ पुस । बुटवल जेसिजको ४४ औं साधारण सभा तथा अधिवेशनबाट यमप्रसाद तिवारीको अध्यक्षतामा सर्वसममत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।
सन २०१७ का महासचिव तिवारीलाई नेतृत्वका आकांक्षि राजेन्द्रबहादुर जिसीले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष सहित सबै पदमा सर्बसम्मत भएको हो ।
एक वर्षे कार्यकाल रहने बुटवल जेसिजको सन २०१८ का लागि कार्यकारिणी उपाध्यक्षमा हरिबिक्रम कुवँर र नरदेव न्यौपाने तथा उपाध्यक्ष महेश पाण्डे, दिनेश खड्का, माधव खनाल र उत्तम पोखरेल निर्वाचित हुनु भएको छ ।
त्यस्तै सहसचिवमा रमेश अर्याल र सहकोषाध्यक्षमा प्रकाश शर्मा निर्वाचित हुनु भएको निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।
https://www.youtube.com/watch?v=VTYHu1UzIog
प्रतिक्रिया