अञ्जु क्षेत्री
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)तिनाउ गाउँ कमिटी,पाल्पाले आफ्ना सबै वडाहरुमा पार्टी वडा कमिटीका सदस्यहरुलाई सपथग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
चैत्र १७ गतेदेखि २१ गतेसम्म उक्त कार्यक्रम सम्बन्धित वडाहरुमा गई सम्पन्न भएको गाउँ कमिटीका अध्यक्ष राजेश श्रेष्ठले जानकारी गराएका छन् ।
सपथग्रहण कार्यक्रममा केन्द्रीय कमिटीका सदस्य वसन्त घर्तिमगर,केन्द्रीय सल्लाहकार अमर प्रधान,प्रदेश कमिटीका सदस्य चक्रव्यूह थापा,गाउँ कमिटीका अध्यक्ष राजेश श्रेष्ठ,सचिव दलबहादुर गुरुङ,तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगर,उपाध्यक्ष दमयन्ती थापा लगायतका नेताहरुले तिनाउमा पार्टीलाई सुदृढीकरण गर्नका लागि कार्यकर्ता भेटघाट अभियान सञ्चालन गर्ने,घरदैलामा गएर विकास निर्माणका लागि पहल गर्ने,पार्टी सदस्यता वृद्धिका लागि अभियान सञ्चालन गर्ने,पार्टीका कार्यकर्ताहरुलाई पार्टीको विधान,नियम सम्बन्धी प्रशिक्षण दिने योजना समेत तर्जुमा गरेको छ ।
दुई पार्टी एकीकरणमा ढिलाई,सोका कारण देखापरेका समस्याहरु,त्यसले पारेको मनोवैज्ञानिक असर र आम पार्टी कार्यकर्ताहरुमा देखिएका क्षणिक नैराश्यतालाई हटाउन पार्टी एकजूट भएर लाग्ने सपथग्रहण कार्यक्रममा नेताहरुले प्रतिवद्धता जाहेर गरेको छन् ।
वडावडामा गई गराइएको सपथग्रहण कार्यक्रममा पार्टीका कार्यकर्ताले राखेका जिज्ञासा,विकास निर्माण र वजेट विनियोजन एवम् कार्यान्वयन सम्बन्धि प्रदेश सभाका मानीय वसन्त घर्तिमगर र तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तिमगरले जानकारी गराएका थिए ।
- admin
- २०७५ चैत्र २१, बिहीबार ०९:३६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया