नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाले टोल कमिटी निर्माणलाई तीव्र पारेको छ । फागुनमा शाखा कमिटी गठन सम्पन्न गरेको नेकपाले चैत लागेदेखि टोल कमिटी निर्माणमा जुटेको हो । अहिलेसम्म ८२ वटा टोल कमिटी निर्माण सम्पन्न भएको नगर अध्यक्ष मोहन चापागाईंले जानकारी दिए ।
उनका अनुसार शनिबार मात्रै सात वटा टोल कमिटी निर्माण गरिएको छ । जसअनुसार १, २ र ८ मा २–२ वटा टोल कमिटी निर्माण गरिएको छ । तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एक साताभित्रै टोल कमिटी निर्माण गरिसक्ने नेकपाको योजना छ । “करिव एकसय ३० वटा टोल कमिटी निर्माण गर्ने योजना छ, एकसाताभित्र सबै टोल कमिटी निर्माण सकिन्छ”–नगर अध्यक्ष चापागाईंले भने ।
नेकपाका नगर सचिव लक्ष्मण खनालका अनुसार सबैभन्दा धेरै टोल कमिटी वडा नम्बर ३ र ११ मा गठन गरिएको छ । वडा नम्बर ३ मा १० वटा टोल कमिटी निर्माण गरिसकिएको छ भने दुईवटा टोल कमिटी निर्माण बाँकी छ । त्यस्तै वडा नम्बर ११ मा ११ वटा टोल कमिटी रहेका छन् । जसमा एउटा टोल कमिटी निर्माण हुन बाँकी छ ।
शनिबार तिलोत्तमाको २ नम्बर वडामा ने.क.पा. १ नम्बर टोल कमिटी गठन भएको छ । जसको अध्यक्ष लेखनाथ भट्टराई, सचिवमा कृष्ण सुवेदी र सदस्यहरुमा धर्म के.सी, गोपाल थापा, सरस्वती घिमिरे, भगवती तिवारी घिमिरे, तेज बहादुर अर्गजा, मिना अधिकारी, कमला कँुवर, माया पाण्डे, राम प्रसाद गौतम, दयाराम तिवारी, भगवती पौडेल, टुमन बहादुर कार्की, हरि प्रसाद बस्याल, मन्जु चापागाईं, नुमा बस्याल, निर्मला खत्री, कमल पाण्डेलगायत रहेका छन् ।
त्यस्तै नेकपा तिलोत्तमा ७ भलवारी पश्चिममा पनि शनिबारै टोल कमिटी गठन गरिएको छ । जसको अध्यक्षमा गुरु प्रसाद पंगेनी, सचिवमा जानुका घिमिरे र सदस्यहरुमा प्रकाश पन्थ, बिष्णु गौतम, राधा न्यौपाने, ज्ञानु पंगेनी, मन्जु नेपाल, तुल्सी नेपाल, जीवन भुसाल, विष्णु अर्याल, नर्मदा बराल, खुमी थापा, निर्मल ढकाल रहेका छन् । टोल भेलामा नेकपाका नेता देवि प्रसाद पाण्डे, सुरेन्द्र श्री, माधव बस्नेत, केशव गौतम, विमला गुरुङ, जीवन भन्डारीलगायतले बोलेका थिए ।
नेकपा नगर अध्यक्ष चापागाईंले पार्टी संगठनलाई बलियो बनाउन तल्ला कमिटीहरुको विशेष भूमिका हरने भएकाले तिलोत्तमामा टोल कमिटी निर्माणलाई विशेष प्राथमिकता दिएर अघि बढाइएको बताए । “संभवतः अरु स्थानीय तहभन्दा तिलोत्तमा नगर कमिटी टोल कमिटी निर्माणलाई तीव्रताका साथ अघि बढाउने पहिलो नगर कमिटी बनेको छ, प्रदेशका अरु जिल्लामा समेत यति धेरै टोल कमिटी बनेको जानकारी छैन”–उनले भने । नगर सचिव खनालले अव नवगठित टोल कमिटी टोल टोलमा विकास निर्माण अभियानमा खटिने जानकारी दिए ।
- admin
- २०७५ चैत्र १६, शनिबार १०:१८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया