अञ्जु क्षेत्री,दोभान
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तिनाउ गाउँ कमिटीले आफ्नो सांगठनिक अभियानलाई तिब्रता दिने निर्णयसहित सोमवार तिनाउ गाउँपालिकाको दोभानमा बैठक सम्पन्न गरेको छ ।
बैठकले यही चैत्र १७ गतेदेखि २२ गतेसम्म तिनाउ गाउँपालिकाभित्र रहेका सबै वडा कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउने र त्यसका लागि सम्बन्धित वडाका पार्टी अध्यक्ष र सचिवलाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यसैगरी सो पालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुमा विद्यार्थी संगठन निर्माणका लागि विद्यार्थी नेता विक्रम रानालाई संयोजन गर्ने गरी जिम्मा दिइएको कमिटीका अध्यक्ष राजेश श्रेष्ठले बताए । साथै बैठकले चैत्र २३ गते शनिवार पार्टी समर्थक शिक्षकहरुका बीच शैक्षिक अन्तक्र्रियात्मक गोष्ठी गर्ने निर्णय समेत गरेको कमिटीका सचिव दलबहादुर गुरुङले बताए ।
नयाँ वर्ष २०७६ सालको आगमनको क्रममा पार्टी कार्यकर्ताहरुका बीच शुभकामना तथा पार्टी प्रशिक्षण कार्यक्रम चैत्र २७ गते राखिएको पार्टी नेता ओमबहादुर घर्तिमगरले बैठकपछि जानकारी गराएका छन् ।
- admin
- २०७५ चैत्र ४, सोमबार १७:२५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया