गैंडाले भने नेताहरु विद्रोही भए सकारात्मक हुन सकेनन्
admin
२०७५ माघ २१, सोमबार १७:५३
चलचित्रकर्मी निर्मल शर्मा(गैंडा)ले भन्दै थिए–नेताहरु विद्रोही भए तर सकारात्मक हुन सकेनन् । कसैले कसैलाई गाली गरेर देश बन्दैन । पत्रिकाले पनि ठोकठाक र ठेलामठेल भएको घटनालाई समाचार बनायो ।
उनले सो कुरा सोमवार बुटवलमा हामी उठ्ने छौं प्रतिष्ठानले राखेको आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने विषयक् कार्यक्रममा बोलेका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका सो कार्यक्रमको आयोजना गरी पाँच मिनेटको भिडियो निर्माण गरी आफ्नै गाउँ ,आफ्नै ठाउँलाई पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतिष्ठानले बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । कार्यक्रममा अनुप के बरालले भने–भिडियो प्रतियोगिताले आफ्नौ गाउँ,ठाउँलाई पर्यटकीय दृष्टिले माथि उठाउने छ,आन्तरिक पर्यटकलाई समेत आकर्षण गर्ने छ र संसारभरका पर्यटक समेत नेपालका कुनाकाप्चामा पुग्नेछन् ।
कार्यक्रममा १३ औं पटकसम्म सफल रुपमा सगरमाथा आरोहण गर्ने युवा पर्वारोही पूर्वातेञ्जिङ्ग शेर्पा लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा भिडियो निर्माण सम्बन्धी श्रीनगर अनलाईन मिडियाका सम्पादक दलबहादुर गुरुङ,पत्रकार हरिष ढकाल,दीपक न्यौपाने लगायतले जिज्ञासा राखेका थिए । भिडियो प्रतियोगिताको छनौट समितिमा छिरिङ रितार शेर्पा,मोहन मैनाली,सम्झना उप्रेती,प्रदीप उपाध्याय र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी रहेको आयोजक प्रतिष्ठानले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । प्रतियोगितामा दुई विधामा प्रथम हुने भिडियोलाई एक लाखका दरले पुरस्कार दिइने छ भने फस्ट रनर अफलाई पचास हजार र सेकेण्ड रनर अफलाई पच्चीस हजार नगद पुरस्कार दिइने छ । प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले अप्रिल महिनाभरि आफ्नो भिडियो सम्बन्धित प्रतिष्ठानको ठेगाना डब्लूडब्लूआरटी डट ओआरजी डट एनपीमा रहेको फर्म भर्नुपर्ने आयोजकले सूचना दिएको छ ।
प्रतिक्रिया