नेपाल कम्युनिष्ट पार्टी(नेकपा)तिनाउ गाउँ कमिटी सचिवालय सदस्यहरु र तिनाउ गाउँपालिकामा प्रतिनिधत्व गर्ने नेकपाका जनप्रतिनिधिहरुका बीच पार्टी एकीकरण,पार्टी र जनप्रतिनिधिहरु बीच समन्वय र सहकार्य एवम् विकास निर्माणका सम्बन्धमा छलफल कार्यक्रम दोभानमा सम्पन्न भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य माननीय वसन्त घर्तिमगरले पार्टीका कार्यकर्ताहरु र नेकपाबाट विजयी भई तिनाउ गाउँपालिकामा प्रतिनिधित्व गर्ने नेताहरुका बीच पारस्परिक सम्बन्ध हुनु पर्ने,पार्टीले जनप्रतिनिधिहरुलाई आवश्यक राय सुझाव र उचित निर्देशन गर्नुपर्ने र जनप्रतिनिधिहरुलाई पार्टीले सक्दो सहयोग पुराउनु पर्नेमा जोड दिए । साथै उनले पार्टीको दर्शन,सिद्धान्तलाई अंगीकार गर्दै समाजवादोन्मुख कार्यक्रममा टेवा पुग्ने विकासे योजना गरी आम नागरिकलाई फाइदा पुराउनु पर्नेमा जोड दिए ।
सोही कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष एवम् पार्टी नेता ओमबहादुर घर्तिमगरले तिनाउ गाउँपालिकाले बाटो,विद्युत,शिक्षा,वन,वातावरण,कृषि,पर्यटनका साथै भौतिक विकासका कार्यक्रमसँगै आयमुखी क्रियाकलापहरुलाई प्राथमिकताका अघि सारेको बताए । साथै उनले तिनाउलाई पाल्पाका १० वटा पालिकाहरुमध्ये उत्कृष्ट गाउँपालिका बनाउनका लागि पार्टी पङ्तिको समेत साथ र समर्थन आवश्यक रहेको बताए । पार्टी एकीकरण ढिला भएको र पार्टी र जनप्रतिनिधिहरुका बीच अन्तरसम्बाद हुन नसकि रहेको अवस्था यस्तो छलफल कार्यक्रम प्रभावकारी बन्न सकेमा र आयोजक तिनाउ पार्टी कमिटीलाई धन्यवाद् समेत प्रकट गरेका छन् ।
कार्यक्रममा प्रदेश कमिटीका सदस्य चक्रव्यूह थापाले पार्टीको दिशानिर्देशनलाई जनप्रतिनिधिहरुले कार्यान्वयनको चरणमा लैजानु पर्ने र पार्टीसँग सहकार्य र समन्वय गरी अघि बढेमा पार्टी र जनप्रतिनिधिहरुका बीच सुमधुर सम्बन्ध कायम हुन सक्ने बताए ।
नेकपा तिनाउ गाउँ कमिटीका अध्यक्ष राजेश श्रेष्ठ,सचिव दलबहादुर गुरुङ,सचिवालय सदस्य खडक गोदार,गोपाल जीसी र युवा नेता प्रेम श्रेष्ठले पार्टी र जनप्रतिनिधिहरुका बीचको अन्तर सम्बन्ध र आगामी कार्यदिशा सम्बन्धमा व्यापक कुरा उठान गरेका थिए ।
पार्टीले आगामी माघ ४ गते तिनाउमा नेकपाको पार्टी एकीकरण ः अवसर र चुनौतीका विषयक् अन्तक्र्रियात्मक छलफल कार्यक्रम राख्ने निर्णय समेत गरेको छ ।
- admin
- २०७५ पुष २०, शुक्रबार १७:१७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया