बुटवलका सडकपेटीमा कष्टकर जीवनयापन गरिरहेका बालबालिका तथा असहायहरुको उद्धार कार्य सुरु गरिएको छ । मानव सेवा आश्रम बुटवलले सुख्खानगरमा एउटा घर भाडामा लिएर त्यस्ता बालबालिकाहरुको उद्धार थालेको हो ।
शनिबार बुटवलका विभिन्न स्थानबाट ५ बालबालिकाको उद्धार गरिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।आश्रमका अनुसार, प्रदेश ५ का ४० सडक बालबालिकालाई आश्रममा आश्रय दिएर राखिनेछ ।
उद्धार कार्यको शुभारम्भका अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सवेदीले बुटवललाई मानवताको शहर बनाउने र सबै खालका हिंसा अन्त्यको नगर बनाउन नगरपालिकाले यस्ता संस्थालाई सहयोग गर्ने बताए।
उनले अब बुटबल उपमहानगरका सडकपेटीमा कष्टकर जीवनयापन गर्ने मानिस नरहने बताए ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पनि यो अभियानलाई सफल बनाउन बजेट बिनियोजन गरेको छ । मन्त्रालयका प्रबाक्ता मित्रमणि खनालले गत बर्ष पनि बजेट बिनियोज गरेको र अहिले पनि मानबआश्रकोलागी बजेट बिनियोजन गरेको बताएका छन ।
- admin
- २०७५ पुष ८, आईतवार १०:३६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया