
दलबहादुर
मृत्यु अवश्यम्भावी छ । रोकेर रोकिन्न तर न्यूनीकरण गर्न सकिएला या नाइँ । मृत्युले जीवनका धेरै पाटोसँग सरोकार राख्दो रहेछ । प्रसंग भाइ आकासको नै हो । उनको मृत्युले अनेक प्रश्न जन्माएका छन् । अचेल किशोर तथा युवाहरु किन धेरै मृत्युको मुखमा पुगि रहेका छन् ? मोटर साइकिल मृत्युको कारकतत्व बनेर किन आइ रहेको छ ? हाम्रा साधनहरु वा सडकका कारण सवारहरुको मृत्यु भइरहेको छ ? कि मृत्यु नै अघि सरिरहेको छ ? साधन अभिशाप किन बनि रहेको छ ? विज्ञान वरदान वा अभिशाप भन्ने तर्क चलि रहेको छ ।

नून नखाने निधोः
सिद्धबाबा अफसेट प्रेसमा आकासले सर्भिस गर्थे । हिजो उनको १८ वर्षको उमेरमा असामयिक निधन भयो । मोटरसाइकिल दुर्घटनाले उसको मृत्यु भएको हो । मृत्युले सबैका मन खिन्न छन् । आँखा कसैका ओभाना छैनन् । देउघाटमा करिव एकसय ६० जना मलामीको उपस्थिति थियो । मलामीको त्यो उपस्थितिले नै उसको लोकप्रियता कति छ ? काफी थियो ।
सो प्रेसका साथीहरुले आज साँझको नून नखाने निधो गरे । देउघाटमा आकासको लासमा घोप्टि रोइ रहेकी थिइन् उमा श्रेष्ठ र उनले बसमा चढेर बटौली आउँदै गर्दा आज आकासको नाममा नून नखाने निधो गरिन् र साथीहरुलाई समेत अनुरोध गरिन् ।
आकास तिमी छिटो जान रहेछ र त धेरै माया रहेका रहेछौः
आमाबाबाले कात्रोले बेरेको आफ्नो लक्का जवान छोरालाई जब हेरे तव उनीहरु रोएको आवाज सप्तगण्डकीमा मिसिन पुग्यो । आमाले आँसु बगाइन् अनि चिच्चाएर भनिन् – आकास तिमी छिटो जान रहेछ र त धेरै माया गरेका रहेछौ । त्यतिबेला कसका आँखा सुख्खा थिए र ? विष्णुका विवश अनुहार र उनका पीडादायी क्रन्दनले मृत्युसँग आफ्नो गुमेको छोरा मागि रहेकी थिइन्
निर्दयी कालले उनका कुनै पनि कुरा सुनेन । सुनोस् पनि कसरी जब आकास लास बनि सकेको थियो । कालसँगको पौठेजोरीमा आकासले हारि सकेको थियो ।

शोकमा एकमिनेट मौनधारणः
देउघाट नजिकै सप्तगण्डकी नदी एकोहोरो बगिरहेकी थिइन् । उनको सुसावट संगीतमय थिएन बरु मृत्युसँग एकोहोरो शंख बजाइ रहेको जस्तो लाग्दै थियो । हामीले नदी किनारमा एकमिनेट शोकसँगै मौनधारण गरेका थियौं । आकासका बारेमा मैले दुईमिनेट बताएँ । उसको परिवारजन,इष्टमित्र,साथीभाइ र छिमेकीहरुमा पर्न गएको पीडालाई कम गर्न शोक कार्यक्रम गरी एक मिनेट मौनधारण गरेका थियौं ।
मेरो गलाअबरुद्ध थियो । मैले पढाएकै विद्यार्थी आकासका सन्दर्भमा बोल्नु फलामको चिउरा चपाउनु सरह थियो । मैले साथी राजेशलाई बोल्न भनेको थिएँ उनी पनि उस्तै भावुक भएर बोल्ने आँट गरेनन् । शोकलाई शक्तिमा बदल्नु छ हामीले जसैगरी पनि ।
मृत्युः
मृत्यु जीवनको डिलमा उभिएको छ सबैको तर फरक यति हो कि डिलबाट पहिला को खस्छ ? आकास हाम्रो आँखाको डिलमा सधैं रहने छ तर मृत्युसँगै लीन भएर जीवनको डिलबाट खस्यो । उसको भौतिक शरीर क्षणभरमै खरानी बन्यो ।
उसको पार्थिव शरीर हेर्न मलाई साह्ै मुश्किल भयो । बाँसको घारमा छोराको अनुहार देख्न चाहिन्न विष्णुले । अनि छोराको लासलाई आफ्नो घरतिर फर्काउन पनि चाहिनन् । बाबा कैलाश धेरै उदास देखिन्थे ।
मृत्यु कसका लागि प्रिय होला र ? अझ आफ्नै सन्तानको मृत्यु आफ्नै लागि कति घातक र नरमाईलो हुँदो हो त्यो त आजको उनीहरुको क्रन्दनले देखाएकै थियो । आकास सबैलाई बिर्सिएर आकासियो । उसको लास जल्दा निस्किएको धूँवा आकासतिर ताकियो अनि खरानी सप्तगण्डकीमा मिसिन पुग्यो ।
खाली जन्मेको मान्छे खाली नै जाँदो रहेछ । किन तेरो र मेरो भन्नु पर्दोरहेछ र ? जलिरहेको आकासको लास देखेपछि मेरो मनमा यिनै कुराहरु खेलिरहे ।

आकास
रुवाएर गयो सबैलाई
कसैका मन थिएनन् स्थीर
सप्तगण्डकी पनि स्तव्ध थिइन्
पार्थिव शरीर देखेर भक्कानिएका थिए सबै
नौजवान किशोर
बाबाको मन भाँडेर गयो
आमाको तन चुँडाएर गयो
भाइको साथ छुटाएर गयो
बल्दै गरेको उसको शरीरबाट धूँवा आकासियो
कोइला बन्यो शरीर
खरानी बन्यो क्षणभरमै
सप्तगण्डकीमा मिसाएर खरानीलाई
हामी आकाससँग दूर भयौ
भौतिक रुपमा
चिरकालसम्म उसको हाँसेको अनुहार
मस्तिष्कमा नाचि रहने छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया