अञ्जु क्षेत्री
पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका एकल महिलाहरुका निम्ति पाँच दिने परालको चप्पल बनाउने तालीम मंगलवारदेखि शुरु गरेको छ ।
तालीमको उद्घाटन गर्दै सो गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि नारायण जीसीले एकल महिलाहरुलाई आफ्नो गाउँपालिकाले आयमुखी क्रियाकलाप र सीपमूलक कार्यक्रमका निम्ति सक्दो सहयोग गर्ने योजना अनुरुप परालको चप्पल बनाउने तालिमको सुरु गरेको बताए ।
साथै उनले समाजमा पछिपारिएका एकल महिलाहरु समाजका निम्ति बोझ हैनन् बरु उनीहरु समाजलाई दिशानिर्देश गर्न सक्ने क्षमताका र समाजको आर्थिक,सामाजिक एवम् राजनीतिक परिवर्तनका निम्ति योगदान गर्न सक्ने आँट,हिम्मत लिएका हुने भएकाले उनीहरुसंग गाउँपालिका हातेमालो गरी अघि बढ्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् उपाध्यक्ष लक्ष्मी खनालले एकल महिलाहरुलाई आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाउन र आर्थिक पाटोसंग जोड्नका निम्ति परालको चप्पल बनाउने तालीमको आयोजना गरिएको बताइन् ।
कार्यक्रममा लीला कुमारी आचार्य,विष्णु खनाल,जीत बहादुर गोदार,हार्थोक प्रहरी चौकीका प्रमुख लगायतले तालिमको सफलताको कामना गरेका थिए ।
उक्त तालिममा स्थानीय २७ जना महिलाहरुको सार्थक सहभागिता रहेको छ भने तालिमको सहजीकरण गोमा अर्याल र दीपिका थापाले गर्ने एकल महिला सञ्जालकी अध्यक्ष मीरा रानाले श्रीनगर अनलाईनलाई बताइन् ।
- admin
- २०७५ पुष ३, मंगलवार १४:५९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया