अञ्जु क्षेत्री
पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा रहेका ऐतिहासिक,धार्मिक,पुरातात्विक एवम् पर्यटकीय क्षेत्रहरुको सम्भावना र रुपन्देही व्यापार संघसंगको सहकार्य र समन्वय विषयक अन्तक्र्रियात्मक छलफल कार्यक्रम शुक्रवार सिद्धबाबा मन्दिर परिसरमा सम्पन्न भयो ।

कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि मोतीराज ज्ञवालीले तिनाउ क्षेत्रको समग्र विकासका निम्ति आफ्नो संघ तिनाउ गाउँपालिका र यहाँका सामाजिक संस्थाहरुसंग हातेमालो गरी अघि बढ्न तयार रहेको बताए । साथै उनले स्थानीयहरुले पर्यटन प्रवद्र्धनका निम्ति गरेका अभ्यासहरु अति नै प्रशंसनीय रहेको र आगामी दिनमा निरन्तरताको कामना समेत गरे ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले तिनाउ गाउँपालिका र रुपन्देही व्यापार संघका बीच पर्यटनको प्रवद्र्धनका निम्ति सहकार्य गर्न जरुरी रहेको र यसका लागि गाउँपालिका आतुर रहेको समेत बताए ।
सोही कार्यक्रममा मणिमुकुन्द उद्यान पर्यटन तथा प्रवद्र्धन समितिका अध्यक्ष खेमराज लुंइटेलले बुटवल नगरीसंग जोडिएको तिनाउ गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्नका लागि सहकार्य आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा तिनाउ एकीकृत पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले तिनाउ गाउँपालिकाभित्र रहेका ऐतिहासिक,धार्मिक,पुरातात्विक एवम् पर्यटकीय क्षेत्रको सम्भावना,गतिविधिहरु र सहकार्य र समन्वयका निम्ति खेल्नु पर्ने भूमिकाका सन्दर्भमा बीज पत्र पेश गरेका थिए । सोही बीजपत्रमाथि पत्रकार दीपक ज्ञवालीले टिप्पणी गरेका थिए ।
कार्यक्रममा डिल्लीराज भण्डारी,अञ्जु क्षेत्री,दिलकुमारी रोका मगर,देवी वाग्ले,मोतीलाल पाण्डेयले कार्यक्रमको औचित्यतामाथि प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले गरेका थिए भने सञ्चालन बालाराम तिवारीले गरेका थिए ।



- admin
- २०७५ मंसिर २८, शुक्रबार १४:३१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया