–दलबहादुर गुरुङ
पाँच नम्बर प्रदेश नै सबैभन्दा भ्रष्टाचार भएको प्रदेश भन्ने सुन्नमा आएको कुराले आफूलाई लज्जति बनाएको र यो अति नै दुःखद् कुरो रहेको प्रदेश नम्बर पाँचका सभामुख पूर्णबहादुर घर्तिले आइतवार एक कार्यक्रममा बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्टिय दिवस पारेर आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुखअतिथिका रुपमा रहेका सभामुखले मैले भ्रष्टाचार गर्दिन भन्ने प्रतिवद्धता भन्दा पनि मैले भ्रष्टाचार गर्दिन भनेर व्यवहारमै उतार्न सकिएमा नेपाली जनताहरुले नेताहरुप्रति विश्वास गर्न सक्ने अवस्था आउने उनले बताए ।
कार्यक्रममा प्रदेशका विपक्षी दलका नेताले नेताहरुप्रति भ्रष्टाचारकै कारण विश्वास गुम्दै गएको र सरकारमा बस्ने जोकोही पार्टीले भ्रष्टाचारलाई न्यूनीकरण नगरी प्रोत्साहन दिएको आरोप समेत लगाए ।
कार्यक्रममा प्रदेश सांसद माननीय भोज प्रसाद श्रेष्ठ,बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदी,उपमेयर गुमादेवी आचार्य,उद्योग वाणिज्य संघ,बुटवलका अध्यक्ष खिमबहादुर हमाल,नागरिक समाजका अगुवा गणेश उचै,सञ्चारकर्मी रीमा विसी,बुटवल लगायतले भ्रष्टाचारको उपचार नगरेसम्म देश उँभो लाग्न नसक्ने बताए ।
कार्यक्रमका अध्यक्ष कानूनका जानकार एवम् पारदर्शी सरोकार समूह,रुपन्देहीका महेन्द्र पाण्डेयले नेपाल विश्वको एक सय २२ औं भ्रष्टाचारी मुलुकमा पर्ने तथ्यांक सुनाए । उनले भने नेपालमा सबैभन्दा भ्रष्टाचार नेताहरुले गर्ने अध्ययन र अनुसन्धानल् देखाएको समेत छ ।
त्यसैले नेताहरुले आफ्नो चरित्र र चुनावी शैली परिवर्तन नभएसम्म देशमा भ्रष्टाचार मौलाई रहने ठोकुवा समेत गरे ।
- admin
- २०७५ मंसिर २३, आईतवार १८:२८
२०७९ माघ २, सोमबार १२:१८
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया