अन्तर्राष्ट्रिय साजसज्जा र सेवासहित आकर्षक रेष्टुरेन्टमा यस क्षेत्रमा पुराना ब्यवसायी दिनेश श्रेष्ठले लगानीमा सेवा शुरु गरेका हुन् ।
भानुपार्क अगाडि रहेको अत्याधुनिक ३ वटा फ्ल्याटमा रेष्टुरेन्टको सेवा दिइरहेको छ । टिन एजर युवा तथा पारिवारिक वातावरणमा रमाउने उपभोक्ताहरूलाई मध्येनजर गरेर आकर्षक शैलीमा रेष्टुरेन्टलाई सजाईएको छ ।
एक करोड ५० लाख लगानी गरेर उनले रेष्टुरेन्टलाई नयाँ ब्यवस्थापनमा ल्याएका हुन् । भवनको माथिल्लो तल्लामा समेत आकर्षक लबिसहितको खुल्ला रेष्टुरेन्ट रहेको छ । जहाँ १ सय ६० बढि सेवाग्राहीले एकैपटकमा सेवा लिन सक्ने संचालक श्रेष्ठले बताए ।
रेष्टुरेन्टलाई अन्तराष्ट्रिय पहिचान दिन आकर्षक फर्निचर तथा पेन्टिङ्गहरूबाट सजाइएको छ । जहाँ किचनबाट लिफ्टबाट खानानास्ता सर्भ हुने गर्दछ ।
नाम अनुसार नै क्याफेमा सेवाहरू उपलब्ध भएको उनले बताए । क्याफेको विशेषता भनेको सबै सिजलर, ममको आईटम उपलब्ध हुनु हो ।
अन्डरग्राउण्डमा किचनलाई ब्यवस्थापन गरिएको छ । सफासुग्घर र हाईजिनलाई विशेष ध्यान दिइएको छ ।
पारिवारिक सेवाका साथै युवाहरूलाई समेत लक्षित गरेर क्याफे डेकोरेशन गरिएको छ । बेकरीमा ग्राहकको माग अनुसार खाना तथा नास्ताका सबै परिकारहरूको उपयुक्त ब्यवस्था रहेको छ ।
होटलमा ईन्डीयन, चाईजिन र नेपाली गरि छुट्टाछुट्टै सेफको ब्यवस्था गरिएको छ ।
जुन बेकरीको एउटा पहिचान समेत रहेको छ । यसका साथै विभिन्न स्वादमा आईसक्रिमहरू समेत उपलब्ध रहेकाले युवादेखि बालबालिकासम्मलाई क्याफेले मन तानेको छ । यसका साथै कन्टीनेन्टल, अमेरिकन परिकारहरू समेत होटलमा उपलब्ध हुने गरेको छ ।
हाल रेष्टुरेन्टमा २ जना सेफसहित ७ जनाको किचन डिपार्टमेन्ट रहेको छ भने कुल १८ जना कर्मचारीहरू सेवामा रहेका छन् । त्यसमध्ये ४ जना डेफ्ट [सुन्न र बोल्न नसक्नेे] रहेका छन् । क्याफेको यो विशेषता छ । सेवाग्राहीलाई मुस्कानसहितको लोगोमा सजिएर स्वागतमा रहेका उनीहरू ईशाराबाट सेवाग्राहीलाई आफ्नो क्षमता देखाईरहेका हुन्छन ।
समाजमा अवसरबाट बञ्चित रहेको उनीहरूलाई रेष्टुरेन्टले रोजगार दिएर सामाजिक सेवालाई समेत योगदान दिएको छ । विद्युतको समस्याबाट समेत क्याफे मुक्त रहेको छ । पार्किङ्गको समेत ब्यवस्था रहेको छ । नया ब्यवस्थापनसंग रेष्टुरेन्टले आम उपभोक्ताको आवश्यकतालाई ध्यान दिएर मूल्य र सेवामा ध्यान दिएको उनले बताए ।
- admin
- २०७५ मंसिर ९, आईतवार ११:०३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया