(भेलाले केशव थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन)
समाजलाई गतिशीलता प्रदान गर्नका निम्ति प्रगतिशील साहित्यको आवश्यकता पर्नेमा साहित्यकारहरुले जोड दिएका छन् । प्रगतिशील लेखक संघ,नेपाल प्रदेश नम्बर पाँच दाङको लमहीमा भएको प्रथम भेलाका सहभागी साहित्यकारहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् कविवर रामचन्द्र भट्टराईले प्रगतिशील साहित्यकारहरुमा विचारको खाँचो परेको बताउँदै प्रगतिशीलता वा प्रगतिवादका सन्दर्भमा गोष्ठी,सेमिनार र तालिम हुनु पर्नेमा जोड दिएका छन् ।
साहित्यकार देवेन्द्र घिमिरेले प्रगतिशीलतामा हस आउँदै गरेकोमा चिन्ता समेत व्यक्त गरेका छन् । उनले प्रगतिशीलता व्यवहारमा समेत देखाउनु आवश्यक रहेको बताए ।
माधव ज्ञवालीको अध्यक्षतामा पद्म प्रसाद शर्मा र शशीधर भण्डारी रहने गरी तीन सदस्यीय निर्वाचन मण्डलले केशव थापाको अध्यक्षतामा सरिता श्रीस,पंकज श्रेष्ठ उपाध्यक्षहरु,खोमा तरामू मगर सचिव रहने गरी २१ सदस्यीय प्रलेस,नेपाल पाँच नम्बर प्रदेश गठन गरेको छ ।
कार्यक्रम प्रदेश नम्बर पाँचका प्रलेस संयोजक पद्म प्रसाद शर्माको अध्यक्षता र सचिव केशव थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
- admin
- २०७५ मंसिर ९, आईतवार ०९:३७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया