
सन् २०१८ को ग्रामीण जीवनमा महिला सिर्जनशीलता अन्तर्राष्ट्रिय पुरस्कार रुपन्देहीकी इन्दिरा अर्यालले प्राप्त गरेकी छन् । उनलाई एक कार्यक्रमका बीच आइतवार प्रमुख अतिथिका रुपमा रहेका प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालले प्रदान गरे । 
प्रमुख अतिथिका रुपमा रहेका मन्त्री बरालले यो पुरस्कार तथा सम्मानले नेपालको गौरव बढाएको र नेपाली महिलाहरु संसारका अन्य देशका महिलाहरुका दाँजोमा पुगेको सन्देश दिने मात्र होइन सामाजिक क्षेत्रमा कार्य गर्न सक्रिय रहेको समेत बताए । साथै उनले ग्रामीण महिलाहरुको संघर्ष र सफलताका कथाहरु सबैका माझ पुग्नु पर्ने बताउँदै इन्दिरा अर्यालले सामाजिक अभियन्ताका रुपमा प्राप्त गरेको सफलता नै पुरस्कार रहेको बताए । कार्यक्रममा उनले सकारात्मक दृष्टिकोणले नै अघि बढ्न सकिने बताउँदै नकारात्मक धारणा र सोचलाई हटाउन सकिएमा देश विकास सम्भव हुने बताए ।
कार्यक्रममा प्रदेश सभा मानननीय विष्णु पन्थीले बधाईज्ञापन गर्दै इन्दिराको कर्मले सफलता प्राप्त गरेको सुनाए ।
इन्दिराले प्राप्त गरेको पुरस्कारको बारेमा परिवर्तनका लागि कार्यरत महिला समूह(वाच)का संस्थापक डा.नारायण काजी श्रेष्ठले स्वीस संस्थाले प्रदान गरेको सो पुरस्कार र सम्मानले नेपाली महिलाहरु सक्षम र योग्य छन् भन्ने सन्देश मात्र दिएको छैन बरु ग्रामीण क्षेत्रका महिलाहरुको गुणस्तरीय जीवनका निम्ति सदैव लागि परेकी इन्दिराको सफलताले शिखर चुम्न सकेको बताए ।

संसारभरका महिलाहरु मध्येबाट वर्षमा १० जनाले ग्रामीण क्षेत्रमा महिला सशक्तिकरण,महिला उत्थान,महिलाहरुको क्षमता विकास,महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुलाई यो पुरस्कार तथा सम्मान प्रदान गरिने पुरस्कार विजेता पत्रकार इन्दिरा अर्यालले बताइन् ।
सो पुरस्कार त्जभ ध्यmभलुक ध्यचम क्गmmष्त ँयगलमबतष्यल ले वार्षिक रुपमा दिने र सोको राशी एक हजार अमेरिकी डरल बराबर रहेको छ ।
कार्यक्रममा पार्वती परियार,यमुना चापागाइँ,रेडियो लुम्बिनीका कार्यवाहक अध्यक्ष दुजेन्द्र बस्नेत,ल्क्ष्मी घिमिरे,दल बहादुर गुरुङ,निर्मलादेवी थारुले इन्दिरा अर्यालको निरन्तर कार्यप्रतिको लगाव नै पुरस्कार रहेको बताए ।

कार्यक्रममा इन्दिरा अर्यालले पुरस्कार प्राप्तिपछिका अनुभव,विगतका संघर्षपूर्ण जीवन र आफूले भोगेका पीडाले पुरस्कार प्राप्त गर्न सफल रहेको बताइन् । उनले त्यो भनिरहँदा उनको गला अवरुद्ध भएको थियो ।
स्वीस सामाजिक संस्थाको रुपमा कार्यरत सो सामाजिक संस्थाले प्रत्येक वर्ष अक्टोवर १५ तारेख विश्व ग्रामीण महिला दिवसको अवसरमा यो पुरस्कार दिने चलन रहेको र हालसम्म नेपालबाट इन्दिरा अर्याल लगायत ५ जनाले सो पुरस्कार प्राप्त गरी सकेका छन् । 

- admin
- २०७५ मंसिर २, आईतवार १४:१२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया