
दल बहादुर गुरुङ
बेचिएकी चेलीको आत्मकथा हो आँसुको शक्ति पुस्तक । सुनीता दनुवारको दुखद् जीवनयात्राको फेहरिस्त हो अनि सुखको आँसुले कतै मेट्छ कि भन्ने डर र चिन्ताको पीडा पनि हो यो पुस्तक । दैलेखबाट जीवनको यात्रा सुरु गरेकी सुनीताको भारतको जम्मुसम्मको यात्रा अनि त्यहीबाट भारतको बम्बैको कोठीसम्मको नारकीय जीवनको नालीबेली हो यो पुस्तक । उनको यौन भोगाई जो स्वेच्छाले होइन,करकाप र जवरजस्तीको कारण अपनाइएको गलत व्यवहारबाट प्रताडित उनी कसरी नेपाल आइपुगिन् एकपटक बुझ्नका लागि आँसुको शक्ति पुस्तक पढ्नै पर्छ । पुस्तकमा उनले भनेकी छन्–यौन सम्पर्क मेरो लागि दिनहुँ व्यर्थको व्यायाम सरह थियो । भोग त थियो तर सम भोग अर्थात् सम्भोग थिएन । यही प्रसंगले बुझाउँछ कि सुनीताको कोठीको दैनिकी । भर्तृहरिले वैराग्य सतकमा उल्लेख गरेका छन् स्त्री र पुरुषको खुसी र राजीले गरिने यौनक्रीडाले आत्मसुन्तुष्टि दिने गर्छ ,नाराज भएर गरिने यौनक्रीडा त मृत्यु समान हुन्छ । किन र कसरी सुनीता बम्बैको कोठीमा छ महिने छोरोसहित पुगिन् ? उनलाई यौन धन्दामा लाग्न नमान्दा केके गरियो ? उनी बम्बैको कोठीमा कसरी सामुहिक बलात्कृत भइन् ? त्यसपछिको अवस्था के भयो,उनको छोरालाई कहाँ राखियो ? उनलाई भोग गर्न आएको किशोरले उनको स्तनपान किन गरेर गयो ? कोठीमा समय किनेर आउनेहरुले उनलाई विहे गर्न पटक पटक प्रस्ताव राख्थे तर उनले किन मानिनन् ? गम्भीर प्रश्नको उत्तर आँसुको शक्ति पुस्तकमा पाउन सकिन्छ । सुनीता दनुवारलाई नेपाल फर्किन के कुराले सहयोग पुरायो ? उनी लगायतका साथीहरुले कसको सहयोगमा बेचिएकी चेलीहरुको संगठन अर्थात् शक्ति समूह निर्माण गरे आज त्यो संस्थाको हैसियत कस्तो छ ? एकपटक पुस्तक पढ्नै पर्छ । भारतका विभिन्न सहरका कोठीहरुमा आज पनि तीस लाख युवतीहरु नारकीय जीवन विताइ रहन बाध्य छन् । नेपाली चेलीहरु पनि करिव लाखको संख्यामा होलान् । त्यी कोठीहरुमा भोगको अर्थ हुन्छन् भावनाका हुँदैनन् । सुनीताले भनेकी छन् । उनमा यौनप्रति अतिनै वितृष्णा जागेको देखिन्छ तर उनी नेपाल आएपछि विहे गरिन् नृपसंग । छोरी स्वस्तिका छन् । खुसीले जन्मिएको सन्तान हो त्यो । तर उनी बलात्कृत भइ जन्मिएको छोरो पनि छ पुस्तकले त्यही भन्छ तर कसरी एकपटक पुस्तक पढ्नै पर्छ । नेपाल आएपछि उनीहरुले महिला बेचविखन विरुद्धमा सचेतना अभियान सञ्चालन गरे । जसको कारण नेपाली चेलीहरु बेचिनबाट जोगिए पनि । आज सुनीता दनुवार चरीमायाहरु यो समाजमा प्रतिनिधि पात्रका रुपमा स्थापित भएका छन् । उनीहरुको जतिनै तारिफ गरेपनि योगदानको कदर कमै हुने गर्छ । सुनीता,चरीमायाहरुले सोही संस्थाको सहयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरु हात पारि सकेका छन् । कतै उनीहरुले पुरस्कारको भारी बोक्दै गर्दा हिजोका पीडाहरु त भुल्ने त होइनन् ? कुरा यहाँ छ । दुःखलाई बिर्सिनेहरुले सुखको बाटो त रोज्लान् तर आफू पछिका सन्तानहरुलाई के सन्देश देलान् चिन्ता यही नै हो । नेपाल र भारत खुल्ला सीमानाका कारण नेपाली चेलीबेटीहरु बेचिन सहज भएको पक्का हो । नेपालमा अझैपनि अशिक्षित चेलीबेटीहरु छन् । उनीहरुलाई प्रलोभनमा पारिएका छन् जागीरको अनि झुठो मायाजाल,नक्कली विहे,आफन्त भेटाइ दिने आश्वासन दिइएको पनि छ अनि कतिलाई बेहोस बनाएर भारत पुराइएको छ । वैदेशिक रोजगारी र भारतमा स्कलरसीपको दिल्याइदिने प्रलोभनमा बेचिने चेलीहरुको संख्या फेरि पनि बढ्दै छ । यसका लागि शक्ति समूहहरु गाउँगाउँमा पुग्नु पर्ने देखिन्छ । घोष्ट राइटिङ नेपालका तर्फबाट पत्रकार टंक पन्त,इन्दु अंशु र कसुम भट्टराईले सम्पादन कार्यमा भरपुर सहयोग पुराएका छन् । उनीहरुका भावनाहरु पनि कहिं कतै झल्किएका छन् । सुनीता र चरीमायाहरुले बिर्सिएलान् र बम्बैका कोठीमा भोगेका तीतापीरा अनि नारकीय जीवनका पीडा ? अनि घरवालीहरुको दानवीय व्यवहार ? यदि उनीहरुले यी कुराहरु भुलेनन् भने पक्कै पनि चेलीबेटी बेचबिखन विरुद्धको लम्बे अभियानमा सधैं लागि रहने छन् अनि नेपाली समाजमा उनीहरुले अमीट छाप छोड्ने छन् । धन्यवाद् छ सुनीता दनुवार आफ्ना पीडालाई आँसुले पखालेकोमा । उनका परिवारजनलाई धेरै धन्यवाद छ जसले सुनीतालाई स्वीकार गरेको छ । आफ्नो बनाएको छ । समाजमा शाहस र आँट दिएको छ । नयाँ पहिचान दिएको छ । डा.रेणु अधिकारी र गौरी प्रधान जसले पुस्तकको गरिमा र महिमा बढाउन विशेष महत्व दिएका छन् । विशेष धन्यवाद्का पात्र बनेकोमा ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया