देवलोक संघीयतामा वित्तीय संहिता र अवको मार्गदर्शन सम्बन्धी पाँच नम्बर प्रदेश स्तरीय सहकारी गोष्ठी मंगलवार तिलोत्तमा नगरपालिका स्थित ड्रिमल्याण्ड रिसोर्टमा सम्पन्न भयो ।
कार्यक्रमका मुख्य अतिथि प्रदेश नम्बर पाँचका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री माननीय लिला गिरीले सहकारीलाई सरकारले आर्थिक विकासको मेरुदण्ड ठानेको बताउँदै संघीयता अनुसार सहकारीको मोडेल तयार गर्नुपर्ने उनको तर्क थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले सरकारको तीनखम्बे अर्थनीति अन्तर्गत सहकारी पनि एक बलियो खम्बा रहेको बताए । सहकारीले समाजमा वित्तीय संकलन र वितरणमा सहजता प्रदान गरेता पनि स्थानीय सरकारले यसको निगमन र अनुगमनमा समेत ध्यान दिएको बताए ।
उक्त कार्यक्रममा नेफ्स्कूनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले संघीयतामा वित्तीयसंहिता र अवको मार्गदर्शन विषयमा आफ्नो कार्यपत्र पेश गरेका थिए । उनका अनुसार सरकारले राखेको समृद्ध नेपाल र सुखी नेपालीको मूल नारालाई पूरा गर्ने हैसियत सहकारीले राख्ने भएको हुँदा सहकारीलाई साथ लिएर जानु पर्ने उनले कार्यपत्रमा उल्लेख गरेका छन् ।

साथै उनले सहभागितामा अभिवृद्धि,दीगो विकास,पहिचान,कानुनी संरचना र पूँजी निर्माणमा सहकारीको उल्लेखनीय भूमिका रहने बताए । उनले स्रोतको बाँडफाँड,सञ्चालनमा स्तरीकरण,करारीय ऐक्यवद्धता र सुशासन प्रवद्र्धनको रणनीति र आन्तरिक नियमको स्थापना नै अविभाज्य संघीय सञ्जालका सिद्धान्त र सूचांकहरु रहेको बताए ।
कार्यपत्रमाथि सहकारी विशेषज्ञ डा.खगराज शर्माले व्यापक टिप्पणी गर्दै संघीयतामा वित्तीय संहिता पहिलो सर्त रहेको समेत उल्लेख गरे । कार्यपत्रले समय सापेक्ष विषयवस्तु उठान र पहिचान गर्दै सहकारीका अभियन्ताहरुलाई सुसूचित गर्ने काम गरेको बताए ।

कार्यपत्रले सरकारको तीनखम्बे अर्थरानीतिमा बढी जोड दिएको,सहकारीको अनुगमन र निगमनमा बढी चासो प्रकट गरेको र सबै तहमा सहकारीलाई पहिलो प्राथमिकता दिइएको समेत बताए ।
कार्यक्रममा सहभागीहरुका तर्फबाट अर्जुन ज्ञवाली लगायतले आफ्ना जिज्ञासा राखेका थिए ।
कार्यक्रम सामुहिक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चूडामणि खरेलको अध्यक्षता प्रकाश भट्टराईको स्वागत र दामोदर भुसालको सञ्चालन सम्पन्न भएको थियो ।

- admin
- २०७५ कार्तिक २७, मंगलवार १६:१२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया