–डीबी गुरुङ
फोटोग्राफर संघ,गण्डकी प्रदेशले लुम्बिनी फोटोग्राफर संघका साधारण सदस्य मिर्गौला पीडित लिखाराम चौधरीलाई आइतवार एक कार्यक्रमका बीच बुटवलमा आर्थिक सहयोग गरेको छ । उनलाई ५६ हजार ८८५ रुपैयाँ आर्थिक सहयोग भएको थियो ।

लुम्बिनी फोटोग्राफर संघ,बुटवलको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि फोटाग्राफर संघ,गण्डकी प्रदेशका संयोजक दुर्गा प्रसाद पौडेलले आफूहरुले फेसबुक मार्फत लिखाराम चौधरी मिर्गौलाका पीडित भएको र उनलाई सक्दो आर्थिक सहयोग गर्न सकेमा उनको जीवन सुरक्षित हुने र निको भएपछि आफ्नै फोटोग्राफी व्यवसायमा फर्किन सक्ने भएकाले सो आर्थिक सहयोग गरेको बताए ।

सोही कार्यक्रममा आर्थिक सहयोग समितिका संयोजक तुलसीराम सुवेदीले बाग्लुङ,पर्वत र पोखरा फोटोग्राफर संघले सक्दो सहयोग उठाएर चौधरीलाई सहयोग गर्न पाउँदा आफूहरु कृतज्ञ भएको बताए । खासगरी पोखरामा रहेका महिला फोटोग्राफरहरुले आफ्नो तीज खर्च कटाएर चौधरीलाई आर्थिक सहयोग पठाएको कुराले हल स्तब्ध भएको थियो ।

कार्यक्रममा कपिलवस्तु वाणगंगा निवासी चौधरी फोेटो स्टूडियोका सञ्चालक लिखाराम चौधरीको मिर्गौला रोग सम्बन्धी समस्या,उनले अहिले अपनाइ रहेको उपचार विधि र भविष्यमा मिर्गौला प्रत्यारोहणको समेत कार्यलाई अघि बढाइएको जानकारी लुम्बिनी फोटोग्राफर संघका सदस्य रामचन्द्र बेलबासेले गराएका थिए ।

कार्यक्रममा पोखराबाट आएका फोटोग्राफरहरुलाई लुम्बिनी फोटोग्राफर संघका वरिष्ठ उपाध्यक्ष मनिष पन्थले स्वागत गरेका थिए । स्वागतको क्रममा उनले गण्डकी प्रदेशमा रहेका फोटोग्राफरहरुले गरेको आर्थिक एवम् नैतिक सहयोगले लिखाराम चौधरीमा बाँच्न सकिन्छ भन्ने आँट,शाहस र हिम्मत बढाएको बताए ।
कार्यक्रमको महासचिव रामप्रसाद भण्डारीले सञ्चालन र संघका अध्यक्ष महेन्द्र उपाध्यायले अध्यक्षता गरेका थिए ।

- admin
- २०७५ कार्तिक २५, आईतवार १६:०८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया