डीबी गुरुङ
लालटिनको उज्यालो पुस्तकको एक कार्यक्रमको बीच बुधवार बुटवलमा परिचर्चा कार्यक्रम सम्पन्न भयो ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले लालटिनको उज्यालो पुस्तक इतिहासको खोजी भएको हुँदा वर्तमानमा दस्तावेजको रुपमा आएको बताए ।

राजनीतिक संघर्ष एवम् गुटबन्दी, सामाजिक तथा व्यक्तिगत सम्बन्ध,अभाव र वितृष्णाको संयोजननै लालटिनको उज्यालो रहेको समीक्षक मीनाक्षी न्यौपानेले बताइन् ।
पुस्तकका अर्का समीक्षक गिरि श्रीस मगरले पुस्तकले आम विषयमा कुरा उठान गरेको तर कतिपय कुराहरु पर्दापछाडि रहेको बताउँदै पुस्तक पठनीय रहेको बताए ।

ऋषि भुसालले पुस्तकका बारेमा परिचर्चा गर्दै भने–पुस्तकले पुराना कुराहरुलाई लिपिवद्ध गरेको छ ,सामान्य कुराहरुलाई पनि उठान गर्न सजिलो बनाएको छ र नयाँ पिंढीलाई पढन लायक पुस्तक बनेको छ । राजनीति बुझन् इच्छुकलाई पुस्तकले सहयोग गर्नेछ ।

पुस्तकका लेखक सरस्वती ज्ञवालीले आफ्नो पुस्तक कुनै साहित्यिक ग्रन्थ नभई जीवनको भोगाईमात्र रहेको तर यसले सबैलाई छुन सक्ने बताइन् ।
बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीको अध्यक्षता,सचिव दल बहादुर गुरुङको सञ्चालन,प्रतिष्ठानका पूर्वअध्यक्ष प्राडा हिरण्य ज्ञवालीको स्वागत तथा बुटवल उप–महानगरपालिका उपमेयर गोमादेवी आचार्यको धन्यवादसहित कार्यक्रम सम्पन्न भएको थियो ।

- admin
- २०७५ कार्तिक २१, बुधबार १२:१३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया