मुक्तकार एवम् तपस्वी भर्तृहरिका बारेमा सोमवार तिनाउ गाउँपालिकाको दोभानमा पर्ने सिद्धबाबा मन्दिर परिसरमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका प्रदेश सभाका सदस्य माननीय वसन्त घर्तिमगरले सिद्धबाबा क्षेत्रलाई भौतिक रुपमा विकास गरेरमात्र नपुग्ने बरु यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत बढवा दिन भर्तृहरिको ऐतिहासिकता र गरिमालाई साथ लिनु पर्ने बताए ।

उनले भर्तृहरिको नीति सतक यतिबेलाको राजनीतिमा अत्यन्तै मिल्ने बताए । साथै श्रृङ्गारिक एवम् वैराग्य सतकले जीवन र जगतका बारेमा बोलेको उनले सुनाए ।
उक्त कार्यक्रममा वक्ताका रुपमा रहेका प्रा.हुमकान्त पाण्डेयले भर्तृहरिको जीवनीपरक परिचय, सहप्राध्यापक ऋषिराम भुसालले भर्तृहरिका त्रिसतकका बारेमा विश्लेषण र डा.मुरारि पराजुलीले मुक्तक परम्परा विषयमा प्रवचन दिएका सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले बताए ।

सिद्धबाबा क्षेत्रमा भर्तृहरिले तपस्या गरी सिद्धि प्राप्त गरेका हुँदा यस क्षेत्रलाई सिद्धबाबा भनिएको हो भन्ने जनश्रुति रहेको छ । भर्तृहरिले सिद्धबाबा क्षेत्र नजिकै पर्ने कुहिरेभीरमा बसेर त्रिसतक(वैराग्य,नीति तथा श्रृङ्गारिक) लेखेको किंवदन्ति भेटिन्छ ।
भर्तृहरिका विषयमा सिद्धबाबा मन्दिरले आफ्नै खर्चमा पहिलो पटक यस्तो प्रवचन कार्यक्रम गरेको समितिका सचिव अमर प्रधानले बताए । कार्यक्रममा सिद्धबाबा मन्दिर विकास समितिका पदाधिकारीहरु,प्रदेश सभाका माननीय,स्थानीय सरकारका जनप्रनिधि,सिद्धबाबा धामका पदाधिकारीहरु,स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र राजनीतिक पार्टीका अगुवाहरुको सहभागिता रहेका् सचिव प्रधानले बताए ।

स्वागत भाषणको क्रममा समितिका कोषाध्यक्ष एवम् तिनाउ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष प्रेम प्रसाद पाण्डेयलले सिद्धबाबा क्षेत्रलाई धार्मिक पर्यटनको हब बनाउन थालिएकोले समेत यस्तो खालको प्रवचन कार्यक्रम आवश्यक रहेको बताए ।
सिद्धबाबा क्षेत्रमा भर्तृहरिका बारेमा प्रवचन, गोष्ठी,सेमिनार,अवलोकन भ्रमण गराउन सकेमा यस क्षेत्रकै धार्मिक पर्यटनको विकास सम्भव रहेको सहभागी सबैले बताए ।

- admin
- २०७५ कार्तिक १९, सोमबार १६:१६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया