बिगत २५ बर्ष देखि गायन क्षेत्रमा लागि परेका तेजु अर्यालले अहिले आफ्ना दुइ छोराहरुलाइ पनि यसै क्षेत्रमा अगाडी बढाईराखेकाछन हुने बिरुवाको चिल्लो पात भनेझैँ छोराहरु गायन र बाध्यबाधनमा अगाडी बढीसकेकाछंन
रुपन्देही देवदहका तेजु अर्यालले थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अन्तिम नतिजामा सर्बोत्कृस्ट भजन संगीतमा सफलता हासिल गरिसकेकाछन् ।
२०५४ सालमा रेडियो नेपालबाट देशभक्ति गीतबाट श्वर परीक्षण उत्तीर्ण गरेका तेजूले गीत,संगीत सिर्जना गर्दै अघि बढेका छन् । देशमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा आफ्नो कला,क्षमता प्रस्तुती गर्दै आएका उनले अहिलेसम्म दर्जनौं देशभक्तिपूण,आधुनिक,गजल,भजन तथा बालगीतहरुमा श्वर दिनुका साथै प्रकाशन समेत गरेका छन् ।
प्रतिक्रिया