२०६७ सालदेखि तत्कालीन गा वि स ,जि वि स हुदै तिनाउ गाउँ पालिकाको आ व २०७४ र ७५ को १३ लाख आर्थिक सहयोग र जनश्रमदान गरि जम्मा ६७ लाख ७४ हजार र नेपाल बिधुत प्राधिकरण पाल्पाको प्राविधिक सहयोगमा सम्पन्न तिनाउ ४ बोङरी टोलको बिधुत विस्तार कार्यक्रमको आज स्थानीय सरकार प्रमुख ओम बहादुर घर्तीले उद्घाटन गर्नुभयो ।

आजदेखि ६४ घरले मिटर बक्स राखेर बिधुतको उज्यालो प्रकाश प्राप्त गर्न सफल भएका छन।गुन बहादुर दर्लामीको सञ्चालनमा अनिल कनौजेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बिशिस्ट अतिथि नेपाल बिधुत प्राधिकरण पाल्पाका प्रमुख रामु श्रेष्ठले जनताको निरन्तर प्रयासको कारण आज विधुतको उद्घाटन गर्न सफल भएको जानकारी गराउनु भयो। कार्यक्रममा तिनाउ गाउँ पालिकाका प्रवक्ता राजेश श्रेष्ठ ,वडा नं ४ का वडा अध्यक्ष दान बहादुर गाहा,खुमिसरा चौहान,खिम बहादुर राना,देव सिह दर्लामी,सुरेन्द्र रेश्मीले मन्तब्य ब्यक्त गरेका थिए। २०६६ र ६७ देखि ९ बर्षको लामो अभियान पछि बिधुत बाल्न र उद्घाटन गर्न सफल भएकोमा स्थानीय जनताहरु खुशी भई नाँचगान तथा साँस्कृतिक कार्यक्रमका साथ रमाइलो बातावरणमा भब्यतापुर्वक कार्यक्रम सम्पन्न भएको थियो।

- admin
- २०७५ कार्तिक १७, शनिबार १५:२१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया