कार्तिक–१५, बुटवल ।
नव जागृति पुस्तकालय बुटवल–४, कान्तिपथले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीको अवसरमा कविता वाचन तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली साहित्यमा देवकोटाले पु¥याएको योगदानका बारेमा छलफल गर्दै बुटवल क्षेत्रका कविहरूका कविता सुन्न सुनाउनका लागि कार्यक्रम आयोजना गरिएको कुरा संस्थाका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा डा. मुरारि पराजुलीले नेपाली साहित्यमा देवकोटाले पु¥याएको योगदान विषयक प्रवचन दिनुभएको थियो भने अजम्बरध्वज खाती, चतुर्भुज आत्रेय, गिरी श्रीस, रामचन्द्र श्रेष्ठ, पुरुषोत्तम पाण्डेय, सागर केसी, घनश्याम घिमिरे लगायत कविहरूले कविता सुनाउनुभएको थियो ।
नव जागृति पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको सभाध्यक्षता, साहित्यकार जङ्गबहादुर शाहको प्रमुख आतिथ्यता, वरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्री, विश्व हिन्दु महासंघ महिला समिति अध्यक्ष अम्बिका पौडेल श्रेत्री, चन्द्रमान श्रेष्ठ, डा. बाबुराम ज्ञवाली, पूर्व मेयर पुनाराम पोख्रेल, वडा नं. ८ का अध्यक्ष भीम बहादुर श्रेष्ठ, इरादेवी थैव, लेखक ऋषि आजाद, माधव गौतम लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृष्णप्रसाद कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।
- admin
- २०७५ कार्तिक १६, शुक्रबार ०३:०७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया