तिनाउ गाउँपालिकामा कार्तिक १३ र १४ गते गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल रनिङ्गशील्ड प्रतियोगिता सञ्चालन भयो । सो प्रतियोगितामा तिनाउ गाउँपालिकाको वडा नं.५ ले प्रथम स्थान हासिल गरी रनिङ्ग शील्ड,ट्रफी,मेडल,प्रमाण पत्र र नगद प्राप्त गरेको छ ।
दोस्रो हुने तिनाउ गाउँपालिका वडा नं.१ ले ट्रफी,मेडल,प्रमाण पत्र र नगद प्राप्त गरेको छ । प्रतियोगितामा वडा नं.२ ले तृतीय स्थान हासिल गरी ट्रफी,मेडल,प्रमाण पत्र र नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रमुख अतिथिका रुपमा रहेका प्रतिनिधि सभाका सदस्य माननीय सोम प्रसाद पाण्डेयले स्वस्थ शरीरका लागि खेलकूदको आवश्यकता रहने र स्थानीय रुपमा आयोजना गरिएको भलिबल प्रतियोगिताले युवाहरुमा खेलप्रतिको सकारात्मक धारणाको विकास गरी अघि बढाउन सहज हुने बताए । खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी भई विजयी हुने अवसर प्राप्त गरुन् भनी शुभकामना समेत प्रकट गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य माननीय वसन्त घर्तिमगरले युवाहरुको खेलप्रतिको उत्साहलाई स्थानीय सरकार,प्रदेश सरकार हुँदै केन्द्रीय सरकारले समेत महत्व दिने बताए ।
सो कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरले तिनाउका युवाहरुलाई एकीकृत गरी परस्पर सम्बन्ध स्थापना गर्नका लागि अध्यक्ष कप भलिबल रनिङ्ग शील्ड प्रतियोगिता आयोजना गरिएको सुनाए ।
युवा समन्वय समितिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षता,सचिव गंगा शेरचनको सञ्चालनमा सम्पन्न कार्यक्रममा तिनाउ गाउँपालिकाका ६ वटा वडाका १२ समूहले भाग लिएका थिए ।
- admin
- २०७५ कार्तिक १५, बिहीबार ०९:०५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया