प्रधानमन्त्रीको विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पक्राउ
admin
२०७५ कार्तिक १३, मंगलवार १४:४८
काठमाडौं । छातीमा संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय हरिप्रसाद मानन्धर रहेका छन् ।
स्याङजा हरिनाथ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी बस्दै आएका मानन्धरले आज पाथिभारा डटकम अनलाइनमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए । त्यस्तै महाशाखाले यसप्रकारका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया