काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखा परेपछि अस्पताल भर्ना गरिएको छ । अचानक धेरै खोकी लागेर छाति दुख्न थालेपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार उनलाई सोमबार बिहान ४ बजे अस्पताल भर्ना गरिएको हो । अर्यालले भने– ‘प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र, खोकीका कारण छातिमा असहजता भएपछि अस्पताल भर्ना गरिएको छ ।’
चिकित्सकको प्रारम्भिक रिपोर्ट अनुसार प्रधानमन्त्रीे ओलीको छातिमा सामान्य संक्रमण देखिएको छ । अन्य समस्या पत्ता लगाउन स्वास्थ्य परिक्षणको काम भइरहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखापरेपछि उनी शनिबार आफ्नै पार्टी नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि भएका थिएनन् । त्यसबखत उनलाई रुघाखोकीका साथै ज्वरो समेत आएको थियो । निवासमै बसेर आराम गरिरहेका प्रधानमन्त्री ओलीमा फेरि अचानक छातिमा समस्या देखा परेको हो ।
भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीमा बेला बेला स्वास्थ्य समस्या देखा पर्दै आएको छ । उनले मिर्गौला प्रत्यारोपण पछि निरन्तर औषधि सेवन गरिरहेका छन्।
मिर्गौला प्रत्यारोपण गर्ने ब्यक्तिले जीवनभर औषधि खानुपर्छ। मानिसको उमेर र स्वास्थ्य अवस्था अनुसार ‘डोज’ भने फरक–फरक भएपनि औषधी भने खाइरहनु पर्ने चिकित्सकहरु बताउँछन् । मिर्गौला प्रत्यारोपण गरेको ब्यक्ति सधैँ जोखिममा रहने चिकित्सकहरुको भनाइ छ ।
- admin
- २०७५ कार्तिक १२, सोमबार ०३:२५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया