लोकप्रिय कलाकार अर्जुन कौशलको देशभक्ति गीत यो देश मेरो हो कोम्युजिक भिडियो सार्बजनिकगरिएको छ । प्रतिनिधि सभा सदस्य तथा भू.पू. मन्त्री छविलाल बिश्वकर्माले गीतको बिमोचन गरेका हुन । बिमोचन गर्दै भू.पू. मन्त्री तथा कार्यक्रमका प्रमुअ अतिथि बिश्वकर्माले गीत संगीतले हामिहरुलाई मनोरञ्जन मात्र नदिएर समाज र देशको यथार्थ चित्रण गर्ने भन्दै गीतको सफलताको कामना गरेका थिए ।
गीतको भिडियोको समिक्षा गर्दै चलचित्र निर्देशक तथा छायाँकार मनिष पन्थ ले गीतको भिडियो निकै राम्रो बनेको भन्दै गीतमा छायांकन, सम्पादन र निर्देशन सबैको कार्य प्रशंसा योग्य रहेको बताए ।
यो देश मेरो हो बोलको राष्ट्रियताले भरिएको गीत मा शब्द संगीत गायक अर्जुन कौशलको रहेको छ भने आबाज समेत अर्जुन कोशलकै रहेको छ । रेन्बो म्युजिक मुभी बबरमहल काठमाण्डौले बजार ब्यवस्थापन गरेको गीतको भिडियोमा अभिनय अर्जुन कौशल र साथीहरुको रहेको छ । बालाजु ल्याब काठमाण्डौंमा सुटिङ्ग गरिएको भिडियोमा निर्देशक शिब बि.क, छायांकन शम्भु चालिसे र सम्पादन रबिन बि.क.को रहेको छ । साथै सोही कार्यक्रममा नै कौशलको अर्को लोक पप झ्याउरे गीत डम्फु मादलको समेत बिमोचन गरिएको थियो ।
बिमोचन कार्यक्रममा नेपाल उद्योग ब्यापार संगठनका उपाध्यक्ष सिताराम रसाइली, सुनचाँदी ब्यवसाई संघ रुपन्देहीका अध्यक्ष एम.बि. बिश्वकर्मा, पु.सभाषद बिनोद पहाडी, समाजसेवी नारायण सुनार, हास्य कलाकार श्री प्रसाद थापा, बरिष्ट कलाकार कुलचन्द्र पुरी तथा विभिन्न मिडियाका पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।
बागेश्वरी संगीतालयका संस्थापक संचालक तथा संगीत गुरु सुरेश सेन्चुरीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन संचारकर्मी तथा गायक अनिल पहाडीले गरेका थिए ।
प्रतिक्रिया