तिलोत्तमा नगरपालिका वार्ड नं. ३, शंकरनगरमा अवस्थित सामूहिक विकास बचत तथा ऋण सहकारीको आयोजना र संस्थाको महिला शसक्तिकरण उपसमितिको समन्वयमा ६ गतेदेखि ५ दिने पाउपोस वनाउने तालिमको शुरुवात भएको छ । ६५ जना महिला शेयर सदस्यहरुको सहभागीतामा संचालित उक्त शिपमूलक कार्यक्रमको शुभारम्भ संस्थाका अध्यक्ष श्री चूडामणि खरेलको अध्यक्षता तथा महिला शसक्तिकरण उपसमिति संयोजक श्री माया उपाध्यायको स्वागत तथा संस्थाका वरिष्ठ व्यवस्थापक श्री ईश्वरी मरासिनीको संचालनमा संचालीत उक्त तालिममा महिला शसक्तिकरण उपसमितिका संयोजक श्री माया उपाध्यायले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री चूडामणि खरेलले संस्थाले महिलाहरुलाई विभिन्न सिपमूलक तालिमको आयोजना गर्दै व्यावसायिकता वृद्धि गर्दै लैजाने क्रममा यो तालिम अझ फलदायि हुने विश्वास व्यक्त गर्नुभएको थियो । तालिममा महिलाहरुले भित्र काम गर्दा लगाउने विभिन्न मखमली, ढाकाका जुत्ता चप्पल वनाउन सिकाईने छ । कार्यक्रममा २ जना प्रशिक्षक श्री शुष्मा अर्याल र प्रतिमा पन्तवाट सहजिकरणको व्यवस्था गरिएको छ ।
प्रदेश नं. ५ को सर्वोत्कृष्ट र ठूलो सहकारीको रुपमा परिचित यो सहकारीले आफ्नो स्थापनाको रजत वर्ष मनाईरहेको छ । यसै क्रममा सहकारीले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले यसै अवसरमा यस वर्ष कम्तिमा ५० जना लघु उद्यम व्यवसायी निर्माण गर्ने लक्ष्य लिएको जानकारी संस्थाका वरिष्ठ व्यवस्थापक श्री ईश्वरी मरासिनीले गराए । संस्थामा हाल ६ हजार ५ सय शेयर सदस्य र करिव २ अर्व सम्पत्ति रहेको छ ।
- admin
- २०७५ कार्तिक ७, बुधबार १८:५१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया