सरकारले वन संरक्षणका लागि चालेको कदममा हामी सहयोगी हुने छौ
डिभिजन वन कार्यालय,पाल्पामा नयाँ आएका डिभिजन वन अधिकृत डाक्टर मोहन पौडेललाई सोमवार सिद्धबाबा धार्मिक वन,सामुदायिक वन समन्वय समिति र तिनाउ सव डिभिजन वन कार्यालय,दोभानले स्वागत तथा सम्मान गरेको छ ।
स्वागत कार्यक्रममा वन अधिकृत डा.पौडेलले सरकारले वन संरक्षणका लागि चालेको कदममा आफूहरु सहयोगीका रुपमा निरन्तर लागी पर्ने बताए । सोही अवसरमा उनले पाल्पा जिल्लामा पूर्व वन अधिकृतहरुले सुरु गरेका उल्लेखनीय कार्यहरुको निरन्तरता र बाँकी नयाँ कामहरुको थालनी गर्ने बताए । उनले आफू जति समय पाल्पामा रहने छु त्यतिञ्जेल तन र मनले काम गर्ने छु भनी प्रतिवद्धता समेत जनाएँ । उनले स्वागत कार्यक्रममा स्थानीय सामुदायिक वन उपभोक्ता
समूहहरु र वन,वातावरण र जैविक विविधता संरक्षणका लागि सरोकार राख्नेहरुसंग हातेमालो गरी अघि बढ्ने बताए ।
स्वागत कार्यक्रममा सिद्धबाबा धार्मिक वनका अध्यक्ष एवम् सामुदायिक वन समन्वय समिति,दोभानका वरिष्ठ उपाध्यक्ष दल बहादुर गुरुङले तिनाउ गाउँपालिका संरक्षणको दृष्टिकोणले संवेदनशील रहेको बताउँदै समन्वय समितिले संरक्षणमुखी सचेतनामुखी अभियान सञ्चालन गरेको,वनप्रतिको निर्भरता घटाउनका लागि आयमुखी क्रियाकलापमा जोड दिएको र संरक्षणका लागि पैरवी गर्दै आएको समेत बताए ।

सो स्वागत कार्यक्रममा तिनाउ सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत चन्द्र बहादुर भाटले आफ्नो कार्यालयले वन,वातावरण र जैविक विविधता संरक्षणका निम्ति गर्दै आएका कार्यहरुका बारेमा नवआगन्तुक डिभिजन वन कार्यालय,पाल्पाका वन अधिकृत डा.पौडेलले जानकारी दिएका थिए । 


- admin
- २०७५ कार्तिक ५, सोमबार १८:५६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया