दल बहादुर गुरुङ
मुक्तक मण्डप अर्धवार्षिक साहित्यिक पत्रिकाको रुपन्देही मणिग्राममा एक कार्यक्रम बीच प्रदेशका उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्री माननीय लिला गिरीले सोमवार लोकार्पण गरेका छन् ।

प्रमुख अतिथिका रुपमा रहेका उनले साहित्यलाई सरकारले सक्दो साथ र सहयोग गर्नुपर्ने औल्याउँदै साहित्य अनुशासित र दिशानिर्देश गर्ने खालको हुनु पर्नेमा जोड दिए । उनले पुराना दिनहरु सम्झिदै आफूहरुले गणतन्त्र ल्याउनका लागि साहित्य र राजनीतिलाई साथ लिएको र साहित्यले समाजलाई बदल्न सक्ने तागत हुने भएको हुँदा साहित्यकारहरुले संघीयता खत्तम छ भन्नेहरुलाई चोटिलो जवाफ दिनुपर्ने बताए ।
उनले भने करविना राज्य सञ्चालन हुन सक्दैन । सरकारले नागरिकबाट लिएको करलाई विकास निर्माण र सुशासनको मार्गमा खर्चिने बताउँदै पारदर्शिता भन्दा अपारदर्शी तरिकाले हुने खर्चका सन्दर्भमा बहस हुनु पर्ने बताए ।
सोही अवसरमा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले आफूहरुले गठन गरेको तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठान मार्फत तिलोत्तमा क्षेत्रमा राष्ट्रियस्तरको साहित्यिक गोष्ठी र मूर्तिकला सम्बन्धी राष्ट्रिय भेला गर्ने र नमूना दीपावली भैली कार्यक्रमको आयोजना समेत गर्न थालिएको जानकारी गराउँदै साहित्य,कला र संगीतविनाको नगरको कल्पना गर्न नसकिने उनको तर्क थियो ।

सो पत्रिकाको बारेमा साहित्यकारहरु प्राज्ञ बूँद राना,बालकृष्ण भट्टराई,वनमाली निराकार,हुमकान्त पाण्डेय,ऋषिराम भुसाल,रुद्र ज्ञवाली,विजय सागर,प्राडा हिरण्य ज्ञवाली,अजम्बरध्वज खाती लगायतले आआफ्ना विचार प्रकट गरेका थिए । मुक्तकको विकासमा सो पत्रिकाले निरन्तरता पाउनु पर्नेमा सबैको जोड रहेको थियो ।
पत्रिकाका प्रधान सम्पादक डा.मुरारि पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन लीलाधर प्रतीकले गरेका थिए ।
- admin
- २०७५ कार्तिक ५, सोमबार १८:२५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया