
–डीबी गुरुङ
मैले पढाउने बेला दोभान उमाविको कक्षा नौंमा दामोदर(नाम परिर्वतन) पनि पढ्थ्यो । प्रायः ऊ कक्षाको पछिल्लो भाग वा कुनोतिर बस्थ्यो । अनुहार टीठ लाग्दो देखिन्थ्यो,कम बोल्थ्यो । उसलाई मैले मध्यान्तरपछिको कक्षामा कम भेट्ने गर्थे । सोधेका प्रश्नका उत्तर कम आउँथे ऊबाट । मैले विद्यालय पढाउन छाडें । उसले एसएलसी ग¥यो कि नाइँ थाहा भएन । तर मलाई दसैंको दिन थाहा भयो उसले गाउँकै एक किशोरीलाई बलजफ्ती यौन सम्पर्कको लागि प्रयास गरेकै कारण जिल्ला प्रहरी कार्यालय,पाल्पामा थुनिन पुग्यो । मैले ती किशोरी र उसलाई संगै एउटै कक्षामा पढाएको हुँ जस्तो लाग्छ । जेहोस् उनीहरु दुबै एउटै गाउँका भएकाले पनि दाइबहिनीको सम्बन्ध हुनु पथ्र्यो । छिमेकीको नाताले नजिकको सम्बन्ध हुनु आवश्यक थियो । केही नभएपनि एउटै विद्यालय अनि एउटै कक्षामा पढेको कारण पनि साथीभाइ त हुन् नि ती ? किन र कसरी दामोदरमा त्यस्तो हिस्रात्मक सोंच र व्यवहार देखियो । दसैं मलाई उसै फिक्का लाग्यो । दसैंको टीका लगाउने बेला उसले प्रहरीको चिसो छिंडीमा हावा खाँदै होला । अनि यता ती किशोरीको मनोवृत्ति कस्तो होला ? के गर्दै होलिन् तिनले ? पीडित किशोरीका परिवारमा दसैंको रौनक कसरी आयो होला ? अनि छोरीको भविष्यलाई लिएर उनीहरुमा कम्तिको तनाव त छैन होला ? दामोदरको यौन प्रयासलाई रोक्न ती किशोरीले उसको लुगा च्याति दिइन् रे,सक्दो जोगिने प्रयासका लागि चिथोरिन् अनि टोकिन् पनि रे तर बैंशले उन्माद् दामोदरका अघि ती किशोरीको केही लागेन पनि होला । दोभान प्रहरी चौकीका इन्चार्ज एक्क बहादुर नेपालीले दामोदरलाई पक्राउ गर्ने बेला दामोदरको पाइन्ट माटोमा र घाँसमा घसारिएको थियो । लुगा च्यातिएका थिए । पीडित किशोरीले प्रतिकार गर्दाको प्रमाणहरु दामोदरको शरीरमा प्रष्टै देखिन्थ्यो । मैले स्कूलमा स्वास्थ्य शारीरिक शिक्षा पढाउने गर्थे उतिबेला । यौन शिक्षा,पारिवारिक शिक्षा,मानसिक स्वास्थ्य र यससंग सम्बन्धित अरु विषयवस्तुहरु पनि पढाउनु पथ्र्यो । तर आज दामोदरको व्यवहारले पढेको शिक्षा सही ठाउँमा प्रयोग हुन सकेन । तिनाउ गाउँपालिकाको दोभानमा भएको सो घटनाले हामी धेरैलाई दुखित बनाएको छ । सोही वडाका वडाध्यक्ष राजेश श्रेष्ठले भनेका थिए–गाउँमा कालरात्रिका दिन कोतघरमा रातभरि जाग्राम बसेकी ती किशोरी गाउँकै जंगलमा बाख्रा चराउन गएकी थिइन् । अनिदोले गर्दा बाख्रा जंगलतिर पठाएपछि ती किशोरी पारिलो घामसगै ढुंगामाथि मज्जाले सुतिन् । यता दामोदर सोही बाटो हुँदै साथीहरुसंग तास खेल्न गएको थियो । सुति रहेकी किशोरी देखेपछि उसको मनमा पाप पलायो र त्यो दुव्र्यहार ग¥यो । गाउँका मान्छेहरुले मिलाउने कोशिस गरे तर सम्भव भएन । दामोदरसंगै विहे गरिदिने भनी समस्याको समाधान नखोजिएको पनि रहेनछ तर ती किशोरीले नमानेकै कारण त्यो सम्भव पनि भएन रे ! वडाध्यक्ष भन्दै थिए । बलात्कारको प्रयास गर्ने अनि विहे गरिदिएर समस्याको समाधान हुन्छ र ? के त्यही हो न्याय ? जब हाम्रा विद्यालयहरुमा नैतिक शिक्षाको अभाव भयो अनि सुरु भयो यस्तै अनैतिक व्यवहार र गलत प्रवृत्ति । कोरा शिक्षा त दिइयो तर नारीहरुलाई सुरक्षित रहने शिक्षा सिकाइएन,युवाहरुलाई जाँगरणको शिक्षा दिन सकिएन । नैतिकवान रहने शिक्षाको व्यवहारत् एवम् प्रयोगगात्मक शिक्षा दिन सकिएन । त्यसैले त दामोदरहरु जन्मिए । उनीहरु जस्ता जन्मिनुमा हाम्रो कोरा शिक्षाको पनि केही अंश जिम्मेवार छ । पारिवारिक शिक्षा गतिलो हुन सकेन । जहाँ छोराछोरीहरुलाई मर्यादित बनाउन सकिएन । घर के हो,परिवार के हो ? समाज के हो ? जस्ता कुरा राम्रो गरी सिकाउन सकिएन । नयाँ मुलुकी संहिता आइ सकेको छ यही भदौ १ गते,२०७५ देखि । त्यसका बारेमा हामीले छलफल र प्रचार प्रसार गर्न सकि रहेका छैनौं । के ती पीडित किशोरीको विहे होला सहजै ? विहे भई हाल्यो पनि विहेपछिको दाम्पत्य जीवन सहज र सुमधुर रुपमा वा गतिशील रुपमा जान सक्ला ? के बलात्कृत हुनु किशोरीको कमजोरी हो ? यावत प्रश्नका उत्तर कसले दिन सक्छ ? पुरुष हुनु पुरुषोत्व देखाउनु मात्र हो ,लोग्ने मान्छे मात्र बन्नु हो र ? महिला हिंसा दिनप्रति दिन बढी रहेकै छ । किन रोकिदैंन यस्ता घटनाहरु ? को हुन् मुख्य कारक ? आज मैले अनुभव गरेको प्रसंग हो–नैतिक शिक्षा,नागरिकमैत्री कानून र कार्यान्वयन पक्षको प्रभावकारिता । ढुंगाको बदला इट्टा हुन सक्छ ? खुन कि बदला खुन् हो ? त्यसो पक्कै होइन् । कानुनी राज्यमा नैतिक शिक्षा पहिलो सर्त हो । नैतिकवान बन्नु नागरिकको कर्तव्य हो । नैतिकवान बनाउनु राज्यको दायित्व हो । कानूनको पालना गर्नु नागरिकको कर्तव्य हो,कानूनको कार्यान्वयनमा गतिशीलता दिनु राज्यको भूमिका हुन्छ । नागरिकले राज्यको कानून पालन गर्नुपर्छ । राज्यले नागरिक संरक्षित अधिकार प्रदान गर्नुपर्छ । दामोदरले मेरो मनमा यस्तै कुरा उब्जाएको छ । २० वर्षे ठिटो दामोदरले कानूनले दिएको सजाएँ त पाउला तर कमाइ खाने अभिभावकका सपनाहरु चकनाचूर भए । छोराले कमाएर ल्याउला र खाम्ला भन्ने परिवारले उबाट के आश गर्ने अब ? समाजमा उसले गरेको सामाजिक दुव्र्यहार क्षम्य होला ? भविष्यमा उसको परिवारप्रति समाजले नै गर्ने सामजिक व्यवहार कस्तो होला ? पीडित किशोरीको सामाजिक सुरक्षा कसरी होला ? उनको मानसिक अवस्था कस्तो रहला ? समाजमा उनलाई हेर्ने दृष्टिकोण कस्तो होला ? यस्तै अनुत्तरित प्रश्नहरुका बीच एकोहोरि रहेको छु म । यस्ता दर्दानात्मक घटनाहरु नहोरिन के गर्न सकिन्छ ? स्थानीय सरकारले के गर्न सक्छ ? स्थानीय प्रहरी प्रशासनले के कस्ता भूमिका निर्वाह गर्न सक्छन् ? स्थानीय सामाजिक संघसंस्थाहरुले के कस्ता उत्तरदायित्व पूरा गर्न सक्छन् ? एकपटक गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ र एकीकृत योजना तयार गर्नुपर्ने देखिन्छ । त्यसो हुन सकेमा फेरि यस्ता घटनाहरुले प्रश्रय पाउने छैनन् कि !
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया